7 years ago
October 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ(एन्फा) र थ्रिस्टार क्लबविच राष्ट्रिय खेलकुद परिषदको (राखेप) पहलमा सम्झौता भएको छ ।
एन्फाको गैर जिम्मेवारीका कारण थ्रि स्टार क्लबले एएफसी कप प्रतियोगितामा सहभागिता जनाउन नपाएकोले उक्त कार्यको छानविन गरि क्षतीपूर्ति उपलब्ध गराउनुका साथै एन्फालाई कार्यवाही गर्न थ्रि स्टार क्लबले राखेपमा दिएको निवेदन उपर कार्यवाही हुंदा त्यसका आधारमा यो सम्झौता भएको हो ।
बुधबार एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टको उपस्थितीमा एन्फाका तर्फबाट अध्यक्ष नरेन्द्र श्रेष्ठ तथा थ्रि स्टार क्लबका तर्फबाट कार्यबाहक अध्यक्ष अरुणमान जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
४ बुंदे सम्झौता पत्रका भनिएको छ, “एएफसी प्रतियोगिामा थ्रि स्टारले खेल्न नपाएकोमा क्षतीपूर्ति माग गरि परिषदलाइ पहल गर्न निवेदन दिएकोमा परिषदबाट अखिल नेपाल फुटबल संघलाई समेत आपसी समझदारीमा क्षतीपूर्ति लिने-दिने गर्नु भनि दिएको सुझाव-निर्देशन समेतलाई दृष्टिगत गर्दै हामी तपसिलका बुंदा परिपालन गर्न सहमत छौं ।”
सम्झौता पत्र अनुसार एन्फाले थ्रिस्टारलाई २०७४ मंसिर १० गते सम्म तीन किस्तामा रु. १ करोड ५० लाख दिने, एन्फाले थ्रिस्टारलाई तीन अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता गराउने, थ्रिस्टारले एन्फाको आयोजना तथा सहकार्यमा हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने र उक्त सम्झौता एन्फाको विशेष साधारण सभाबाट पारित गराउने रहेको छ ।
March 23, 2025
सुमन अधिकारी, बुटवल एपिएफ फुटबल क्लब बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक रुपन्देही ११ लाई आइतवार १-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । हिजो खेल स्थगित हुँदा लिएको १-० को अग्रतालाई जोगाउन एपिएफ सफल रह्यो। शनिवार हावाहुरीका कारण दोस्रो हाफ हुन सकेन । आज रोकिएकै अवस्थाबाौ […]
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]
March 22, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]