7 years ago
October 4, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका विङ्गर ग्यारेथ बेलले चोट बोकेको स्पेनिस क्लब रियलले जनाएको छ । रियलले बेल मैदानमा फर्कने समय नातोकेपनि उनले करिब १ महिना खेल्न नसक्ने अनुमान लगाइएको छ ।
रियलसँग सामान्य मानिएको चोट बोकेपछि वेल्स राष्ट्रिय टोलीसँग पहिलो प्रशिक्षणका क्रममा थप असहज महसुस गरेपछि उनले वेल्सको जोर्जिया र आयरल्याण्डसँगको खेल गुमाउने पक्का भएको छ ।
रुस विश्व कपमा स्थान बनाउने सभावना बलियो रहेपनि बेललाई छनोट चरणको अन्तिम दुई खेलमा गुमाउँदा वेल्सलाई धक्का पुगेको हो । समूहमा १४ अंक सहित दोस्रो स्थानमा रहेको वेल्सको विजेता हुँदै स्वतः स्थान बनाउने अथवा दोस्रो भएर छनोटको सम्भावना जीवित राख्ने सम्भावना छ ।
January 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा लगातार चौथौ जित निकालेको छ। विभागीय डर्बीमा एपिएफले शनिवार त्रिभुवन आर्मी क्लबलाई ३-१ ले पराजित गर्यो। एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको जितमा निशा थोकर, अनिता बस्नेत र प्रिती राईले समान १ गोल गरे। विभागीय टोली बिचको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल भएन । […]
January 11, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबले अर्को महिना आयोजना गर्ने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ। जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ। आहा रारामा यस पटक सहभागी हुनेमा साविक विजेता त्रिभुवन आर्मी […]
January 11, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लब पोखराले २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको तयारीलाई तीव्रता दिएको छ। यसै क्रममा जयश्री फुड्स प्रालि सह प्रायोजकको रुपमा आहा रारा सँग जोडिएको छ । त्यसका लागि शनिवार जयश्री फुड्सका जनरल मेनेजर अमित अग्रवाल र सहाराका अध्यक्ष केशव वरालले सम्झौता पत्रमा हस्ताक्षर गरेइ । सम्झौता एक वर्षको […]