7 years ago
October 4, 2017
लन्डन (एजेन्सी) – प्रिमियर लिगका पूर्व खेलाडी तथा हाल स्काई स्पोर्ट्सका विश्लेषक टोनी गेलका अनुसार टोटेनह्याम हटस्पर्सका स्ट्राइकर ह्यारी केन नेयमारभन्दा मूल्यवान रहेको र इङ्लिस क्लब स्पर्सलाई नबेच्ने सुझाव दिएका छन् ।
हालै चलेको हल्ला अनुसार रियल म्याड्रिड केनलाई भित्राउन तयार रहेको र २ सय मिलियन पाउण्डसम्म तिर्न तयार रहेको छ । फुल्ह्याम तथा वेस्ट ह्यामका पुर्व डिफेन्डर गेलका अनुसार केन नेयमारभन्दा धेरै मूल्यवान छन् । उनका अनुसार केनलाई भित्राउन कुनै पनि क्लबले नेयमारलाई पिएसजीले तिरेको १ सय ९८ मिलियन पाउण्ड भन्दा धेरै तिर्नु पर्ने छ ।
‘केनलाई बेच्नु मुर्खता हुनेछ । उनी स्पर्सको खेल्ने शैलीमा फिट खेलाडी हुन् , त्यसैले उनलाई बेच्नुभन्दा स्पर्सले उनको वरिपरि राम्रा खेलाडी राखेर बलियो टोली बनाउन जरुरी छ ‘ , गेलले भने ‘उनी गोल गर्न सक्ने खेलाडी हुन् । उनी नेयमार भन्दा धेरै मूल्यवान छन् ।
२४ वर्षीय केनले प्रिमियर लिगमा स्पर्सबाट १ सय २० खेलमा ८४ गोल गरेका छन् । सन् २०१५ मा पहिलो पटक इङ्ल्याण्डको टोलीमा स्थान बनाएका केनले त्यसयता २१ खेलमा १० गोल गरेका छन् ।
March 23, 2025
सुमन अधिकारी, बुटवल एपिएफ फुटबल क्लब बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक रुपन्देही ११ लाई आइतवार १-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । हिजो खेल स्थगित हुँदा लिएको १-० को अग्रतालाई जोगाउन एपिएफ सफल रह्यो। शनिवार हावाहुरीका कारण दोस्रो हाफ हुन सकेन । आज रोकिएकै अवस्थाबाौ […]
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]
March 22, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]