default_image

7 years ago

October 4, 2017

ताजकिस्तानविरुद्धका खेलका नेपाली टोलीको घोषणा, एलन र राजेन्द्र समेटिए

89 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत ताजकिस्तानविरुद्ध दोश्रो खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज २३ खेलाडीको नामावली सार्वजनिक गरेको छ । जापानिज ग्यातुको कोजुको राजुकाजी शाक्य र गोलकिपर प्रशिक्षक उज्वल मानन्धर रहेको टोलीले खेलाडीको अन्तिम छनोट गरेको हो । 

प्रशिक्षणमा नेपाली टोली । फाइल तस्बिर

ताजकिस्तानविरुद्धको २३ र त्यसअघि प्रशिक्षणमा रहेका खेलाडीलाई प्रशिक्षणमा सामेल गरेको छ । त्यसमध्ये अनिल गुरुङ भने प्रशिक्षणमा सामेल भएका छैनन् ।अघिल्लो महिना ताजकिस्तानविरुद्धको टोलीमा रहेका २३ र त्यसअघि प्रशिक्षणमा रहेका खेलाडीलाई समेत गरि यसपटक २९ खेलाडीलाई प्रशिक्षणमा सामेल गरिएको थियो । चोटका कारण अनिल गुरुङ भने प्रशिक्षणमा सामेल भएका थिएनन् ।

पछिल्लो पटक टोलीमा नरहेका गोलकिपर एलन न्यौपाने र मिडफिल्डर राजेन्द्र रावल यसपटक अन्तिम छनोटमा परेका छन् । घरेलु मैदानमा ताजकिस्तानसँग खेल्दा २३ भित्र रहेका गोलकिपर विशाल श्रेष्ठ र मिडफिल्डर सुमन लामा यसपटक भने अटेनन् । त्यस्तो मानबहादुर तामाङ विमल बस्नेत र रजिन धिमाल यसपटक पनि अन्तिम छनोटमा पर्न सकेनन् ।

 शुक्रबार ताजकिस्तानतर्फ जाने नेपाली टोलीले यति बेला अन्तिम तयारीमा जुटेको । दशै विवादका कारण केही दिन विश्राम दिइएको प्रशिक्षण सोमबारबाट सुरु भएको छ । छनोटअन्तर्गत गत महिना होममा ताजकिस्तानविरुद्ध नेपाल ताजकिस्तानसँग २–१ ले पराजित भएको थियो ।

प्रतियोगिताको फाइनल चरणको प्रवेशका लागि ताजकिस्तानसँगविरुद्ध असोज २४ गते हुने अवे खेल निकै महत्वपूर्ण रहेको छ । नेपाल समूह ‘एफ’ को पुछारमा रहेको छ । नेपालको १ अंकमात्र छ । छनोटका अहिले सम्मका ३ खेलमा नेपालले एउटा जित पनि हासिल गर्न सकेको छैन ।

छनोटको अर्को चरणको सुरुआत हुँदा हार वा बराबरीले नेपालको चुनौति लगभग समाप्त हुनेछ । समूहमा फिलिपिन्स ७ अंकसहित शीर्षस्थानमा, यमन ४ अंकसहित दोस्रो र ३ अंक जोडेको ताजकिस्तान तेस्रो स्थानमा छ । समूहका शीर्ष दुई टोली अर्को बर्ष युनाइटेड अरब इमिरेट्स( युएई) मा हुने एसियन कपको अन्तिम चरणका लागि छनोट हुनेछन् ।

गोलरक्षक
१)किरण चेम्जोङ

२)विकेश कुथु
३)एलन न्यौपाने

डिफेन्डर
४) विराज महर्जन
५) अनन्त तामाङ
६) आदित्य चौधरी
७) कमल श्रेष्ठ
८) देबेन्द्र तामाङ
९) जितेन्द्र कार्की
१०)दीनेश राजवंशी

मिडफिल्डर

११) हेमन्त थापा मगर

१२)विशाल राई
१३) हेमन गुरुङ
१४) अञ्जन बिष्ट
१५) सुजल श्रेष्ठ
१६) राजेन्द्र रावल
१७) विक्रम लामा
१८) रोहित चन्द
१९) सुनिल बल

फरर्वाड
२०) भरत खवास
२१) नवयुग श्रेष्ठ
२२) विमल घर्ती मगर
२३)  जर्ज प्रिन्स कार्की

 

March 23, 2025

एपिएफ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल एपिएफ फुटबल क्लब बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक रुपन्देही ११ लाई आइतवार १-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । हिजो खेल स्थगित हुँदा लिएको १-० को अग्रतालाई जोगाउन एपिएफ सफल रह्यो। शनिवार हावाहुरीका कारण दोस्रो हाफ हुन सकेन । आज रोकिएकै अवस्थाबाौ […]

March 22, 2025

एपिएफ महिला फुटबल च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]

March 22, 2025

मौसमका कारण आयोजक र एपिएफबीचको खेल स्थगित

सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]

Success

Thank you for your time.