7 years ago
October 3, 2017
काठमाडौं (हाम्रो खेलकुद)– ताजकिस्तानविरुद्ध अर्को साता हुने एएफसी एसियन कप छनोट खेलका लागि नेपाली टोलीले तयारी सुरु गरिसकेको छ । दशै विवादका कारण केही दिन विश्राम दिइएको प्रशिक्षण सोमबारबाट सुरु भएको छ । छनोटअन्तर्गत गत महिना होममा ताजकिस्तानविरुद्ध नेपाल ताजकिस्तानसँग २–१ ले पराजित भएको थियो ।
प्रतियोगिताको फाइनल चरणको प्रवेशका लागि ताजकिस्तानसँगविरुद्ध असोज २४ गते हुने अवे खेल निकै महत्वपूर्ण रहेको छ । नेपाल समूह ‘एफ’ को पुछारमा रहेको छ । नेपालको १ अंकमात्र छ । छनोटका अहिले सम्मका ३ खेलमा नेपालले एउटा जित पनि हासिल गर्न सकेको छैन ।
छनोटको अर्को चरणको सुरुआत हुँदा हार वा बराबरीले नेपालको चुनौति लगभग समाप्त हुनेछ । समूहमा फिलिपिन्स ७ अंकसहित शीर्षस्थानमा, यमन ४ अंकसहित दोस्रो र ३ अंक जोडेको ताजकिस्तान तेस्रो स्थानमा छ । समूहका शीर्ष दुई टोली अर्को बर्ष युनाइटेड अरब इमिरेट्स( युएई) मा हुने एसियन कपको अन्तिम चरणका लागि छनोट हुनेछन् ।
जापानिज ग्यातुको कोजीमा रहेको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले ताजकिस्तानविरुद्धको २३ र त्यसअघि प्रशिक्षणमा रहेका खेलाडीलाई प्रशिक्षणमा सामेल गरेको छ । त्यसमध्ये अनिल गुरुङ भने प्रशिक्षणमा सामेल भएका छैनन् । गत महिना नै चोटका कारण उनी अन्तिम छनोटमा पर्न सकेका थिएनन् । शुक्रबार ताजकिस्तान प्रस्थान गर्ने टोलीको अन्तिम नामावली बिहीबार प्रकाशित हुने सम्भावना रहेको टोलीका प्रशिक्षक राजु काजी शाक्यले जानकारी दिए ।
‘अघिल्लो महिना प्रशिक्षणमा भएका सबै खेलाडीलाई बोलाएका छौं,’ शाक्यले भने,‘त्यसैबाट भोली सम्म अन्तिम छनोट हुने सम्भावना छ ।’ ताजकिस्तानमा उच्च प्रदर्शनको अपेक्षासहित टोली त्यसतर्फ जानका लागेको शाक्यले बताए । ‘खेलमा हार वा जित हुन्छ,’ उनले भने,‘ तर हामी आफ्नो तर्फबाट सक्दो राम्रो र सफल नतिजाका लागि प्रयास गर्नेछौं ।’
छनोटका ३ खेलमा नेपालले अहिले सम्म ६ गोल खाइसकेको छ भने २ गोलमात्र फर्काउन सकेको छ । चैतमा फिलिपिन्ससँग ४–१ को हारमा नेपालका लागि विशाल राईले गोल गरेका थिए । गत महिना ताजकिस्तानसँगको २–१ को पराजयमा विमल घर्तीमगरले गोल गरेका थिए ।
जेठमा घरेलु मैदानमै भएको यमनसँगको खेलमा भने नेपालले गोलरहित बराबरी खेलेको थियो । नेपालले अन्तिम २ खेल नोभेम्बर १४ मा फिलिपिन्ससँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने छ भने अर्को अवे खेल यमनमा अर्को बर्ष मार्च १८ मा खेल्नेछ ।
नेपाली टोलीको प्रशिक्षणमा रहेका खेलाडीको नामावली
गोलकिपर – विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने, किरण चेम्जोङ
रक्षक – विराज महर्जन, जितेन्द्र कार्की, कमल श्रेष्ठ, राजेन्द्र रावल, दीनेश राजवंशी, मानबहादुर तामाङ, अनन्त तामाङ, विमल बस्नेत, देवेन्द्र तामाङ, आदित्य चौधरी, रजिन धिमाल
मिडफिल्डर –अञ्जन विष्ट, हेमन्त थापा मगर, विक्रम लामा,हेमन गुरुङ, विशाल राई, सुजल श्रेष्ठ, सुनिल बल, प्रिन्स जर्ज कार्की, रोहित चन्द
फरवार्ड – नवयुग श्रेष्ठ, भरत खवास, सुमन लामा, विमल घर्ती मगर, अञ्जन विष्ट
प्रशिक्षक टोली – ग्यातुको कोजी (प्रमुख प्रशिक्षक), राजु शाक्य (प्रशिक्षक), उज्वल मानन्धर (गोलकिपर प्रशिक्षक)
March 23, 2025
सुमन अधिकारी, बुटवल एपिएफ फुटबल क्लब बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक रुपन्देही ११ लाई आइतवार १-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । हिजो खेल स्थगित हुँदा लिएको १-० को अग्रतालाई जोगाउन एपिएफ सफल रह्यो। शनिवार हावाहुरीका कारण दोस्रो हाफ हुन सकेन । आज रोकिएकै अवस्थाबाौ […]
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]
March 22, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]