default_image

7 years ago

October 3, 2017

विश्व कप छनोटका लागि अर्जेन्टिनाको अग्निपरिक्षा

58 views

0 Bookmark

बुइनस आइरिस (एजेन्सी)– अर्को वर्ष रसियामा हुने विश्व कपका लागि अर्जेन्टिनाका लागि अबको केही दिन महत्वपूर्ण हुनेछ । अन्तिम दुई खेल बाँकी रहँदा जर्ज साम्पोलीको टोली दक्षिण अमेरिकी छनोटको पाँचौं स्थानमा रहेको छ । अंक तालिकाको चौथो स्थान सम्म रहने टोली स्वतः विश्व कपका लागि छनोट हुनेछ ।

अन्तिम चरणको खेलका लागि अर्जेन्टिनाले तयारी सुरु गरेको छ । यद्दपी टोलीका सुपरस्टार लियोन मेसी भने प्रशिक्षणमा उपस्थित भएनन् । आइतबार ला लिगामा बार्सिलोना र लास पालमाससँगको खेलका कारण मेस्सी अनुपस्थित भएका थिए । यद्दपी उनी छिट्टै टोलीको समावेश हुने बताइएको छ ।

आउने दुई खेलमा सुखद नतिजासहित दुई पटकको विश्व कप विजेता अर्जेन्टिना स्वतः छनोट हुने अपेक्षा पनि गरिएको छ । अंक तालिकाको पाँचौं स्थानमा रहेको टोलीले विश्व कप छनोटका लागि ओसियानाको समूहको विजेतासँग प्ले अफ खेल्नु पर्नेछ ।

दक्षिण अमेरिकाबाट ब्राजिलय यसअघि नै छनोट भइसकेको छ । बाँकी स्थानका लागि पनि तीब्र प्रतिस्पर्धा गरेको छ । दोस्रो स्थानको उरुग्वेको २७, कोलम्बियाको २६, पेरु र अर्जेन्टिनाको समान २४ अंक छ । त्यस्तै छैटौं स्थानको चिलीको २३, पाराग्वेको २३ र इक्वेडरको २० अंक छ । पुछारमा रहेको दुई टोली बोलिभियाको १३ र भेनेजुयलाको ८ अंक छ ।

अर्जेन्टिनासंग यसपटक टोलीका महत्वपूर्ण सदस्य सर्जियो अगुइरो हुने छैनन् । गत साता कार दुर्घटनामा परेर चोट लागेपछि उनी अहिले आराम गरिरहेका छन् । तर, टोली एन्जेल डी मारिया भने रहेका छन् । पेरिस सेन्ट जर्मेनका स्टार शुक्रबार टोलीका अन्य खेलाडीका साथ अभ्यासमा सामेल भएको थिए । अर्जेन्टिनाले शुक्रबार पेरुको सामना गर्ने छ भने असोज २५ गते इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछ ।

September 30, 2024

युनाइटेडमाथि टोटनहमको जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) म्यानचेस्टर युनाइटेड टोटनहम ह्ट्सपरसँग पराजित भएको छ । आइतवार राति भएको खेलमा युनाइटेड टोटनहमसँग ३-० ले पराजित भएको हो । इपिएलमा युनाइटेडको यो तेस्रो हार हो। युनाइटेडको मैदानमा टोटनहमलाई जित दिलाउन ब्रेनन जोनसन, डेजन कुलुसेभस्की र डोमिनिक सोन्लकेले गोल गरे । खेलको तेस्रो मिनेटमा नै जोनसनले गोल गर्दै टोटनहमलाई अग्रता […]

September 29, 2024

नेपालले ओमानलाई दियो चुनौतीपूर्ण लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई जितका लागि १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ । क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो । नेपालका लागि गुलशन झाले १७ बलमा ३ […]

September 29, 2024

बिर्तामोडको अन्तर वडा फुटबलको तयारी पूरा

हिमाल खरेल, बिर्तामोडबडा दशैंको अवसर पारेर झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले गर्ने अन्तर वडा फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । असोज १४ गतेदेखि हुने भनिएको पाँचौँ संस्करणको प्रतियोगिता असोज १६ गतेदेखि २३ गतेसम्म हुने समितिका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष गुरुङले बताए । बिर्तामोड नगरपालिकाका १० वटा वडाहरुबीच हुने प्रतियोगिता यो वर्ष सैनिक […]

Success

Thank you for your time.