7 years ago
October 2, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द एसियन कप छनोटअन्तर्गत ताजकिस्तानविरुद्धको खेलका लागि आज स्वदेश आइपुगेका छन् । नेपाल र ताजकिस्तानबीच असोज २४ गते ताजकिस्तानमा प्रतिस्पर्धा हुनेछ ।
भदौ २० मा एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको यी दुईबीचको खेलमा ताजकिस्तानले नेपाललाई २–१ ले हराएको थियो । त्यसको भोली पल्टनै रोहित इन्डोनेसिया पुगेका थिए । उनी इन्डोनेसियाको लिग १ टोली पर्सिजा जार्काताबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् ।
उनी गएपछिको तीन खेलमा पर्सिजाले २ खेल जितेको थियो भने १ मा बराबरी भएको थियो । शनिबार भएको पछिल्लो खेलमा रोहितको टोलीले पिएस टिएनआईलाई ४–१ ले हराएको थियो । १८ टोली सम्मिलित लिग १ मा रोहितको टोलीले २७ खेलमा १२ जित, १० बराबरी र ५ खेलमा हार बेहोरेको छ ।
टोली ४६ अंकका साथ छैटौं स्थानमा छ । शीर्षस्थानके भयंकराको ५६ अंक छ । शनिबार श्रीविजयासँग हुने खेलमा भने रोहित खेल्न पाउनेछैनन् ।
रोहित बुधबारबाटै राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल हुनेछन् । माल्दिभ्सको टिसी स्पोर्टसबाट व्यवसायिक फुटबल खेल्दै आएका नेपाली टोलीको पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङ गत साता नेपाल आइसकेका छन् ।
March 23, 2025
सुमन अधिकारी, बुटवल एपिएफ फुटबल क्लब बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक रुपन्देही ११ लाई आइतवार १-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । हिजो खेल स्थगित हुँदा लिएको १-० को अग्रतालाई जोगाउन एपिएफ सफल रह्यो। शनिवार हावाहुरीका कारण दोस्रो हाफ हुन सकेन । आज रोकिएकै अवस्थाबाौ […]
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]
March 22, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]