7 years ago
October 2, 2017
म्याड्रिड (एजेन्सी) – गए राति ला लिगामा रियल म्याड्रिडले इस्पानियोललाई २-० ले हराउँदै घरेलु मैदानमा सिजनको आफ्नो पहिलो जित दर्ता गरेको छ । रियल म्याड्रिडको जितमा इस्कोले दुई गोल गरेका थिए ।
रियल म्याड्रिडले पहिलो हाफमा निकै आक्रामक सुरुवात गरेको थियो । इस्को, क्रिस्टियानो रोनाल्डो र लुका मोड्रिचका राम्रा प्रहारहरु इस्पानियोलका गोलकिपर पाउ लोपेजले बचाऊ गरेका थिए । तर रोनाल्डोको थ्रु-बलको सदुपयोग गर्दै इस्कोले ३० औँ मिनेटमा रियललाई खेलमा अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा भने इस्पानियोल बराबरीको खोजीमा उत्तिकै आक्रामक देखिएको थियो । उनका फरवार्ड जेरार्ड मोरेनोको प्रहार पोस्टमा लागेर फर्केको पनि थियो । तर मार्को एसेन्सियोको पासमा खेलको ७१ औँ मिनेटमा आफ्नो दोस्रो गोल गर्दै उनले रियलको जित सुनिश्चित पारेका थिए ।
यस जितसँगै रियल म्याड्रिड ७ खेलमा १४ अंक बटुल्दै तालिकाको पाँचौ स्थानमा छ । रियलको प्रतिद्वन्दि बार्सिलोना भने २१ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै हारसँगै इस्पानियोल अंकतालिकाको एघारौँ स्थानमा झरेको छ ।
March 23, 2025
सुमन अधिकारी, बुटवल एपिएफ फुटबल क्लब बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक रुपन्देही ११ लाई आइतवार १-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । हिजो खेल स्थगित हुँदा लिएको १-० को अग्रतालाई जोगाउन एपिएफ सफल रह्यो। शनिवार हावाहुरीका कारण दोस्रो हाफ हुन सकेन । आज रोकिएकै अवस्थाबाौ […]
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]
March 22, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]