default_image

9 years ago

December 11, 2015

डनबस्कोलाई फादर मोरानको उपाधि

126 views

0 Bookmark

नेपाल डनबस्को स्कुल लुभुले २० औ फादर मोरान स्मृती विद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

7(1)

आयोजक सेन्ट जेभियर्स स्कुल गा्दावरीको मैदानमा भएको खेलको फाइनलमा डनबस्कोले सेन्ट जेभियर्स स्कुल जाउलाखेललाइ २–० ले पराजित गर्‍यो । विजयी टोलीका लागि दिल राज तामाङ्गले दुवै गोल गरे । यसैगरी, क्रेसेन्ट स्कुललाई ३–१ ले हराउदै सेन्ट जेभियर्स स्कुल गोदावरीले तेस्रो स्थान पायो । विजयी टोलीका लागि कुञ्जन केसी, अनिस बुढाथोकी र फीराज मर्हजनले गोल गरे । पराजित टोलीका सोभाकर रोकायले गोल गरे ।

प्रतियोगितामा क्रेसेन्टले फेयर प्ले अवार्ड पायो । आयोजक विद्यालयका आशिष घले उत्कृष्ट खेलाडी घोषित भए । विजयी टोलीका फादर साभियो राइ उत्कृष्ट प्रशिक्षक चुनीए । विजयी टोलीकै दुर्गा बहादुर श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए । क्रेसेन्टका कुन्साङ्ग तामाङ्ग उत्कृष्ट रक्षक तथा रोसन लामा मस्ट प्रोमोसिङ्ग प्लेयर घोषित भए । सात गोल गरेका उपविजयी टोलीका स्पर्श जंग पाण्डे शीर्ष गोलकर्ता घोषित भए । विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथी गोदावरी नगर खेलकुद विकास समितीका अध्यक्ष मनोज घिमिरे र विद्यालयका प्रीन्सीपल फादर जेजु लगायतले पुरस्कार प्रदान गरे ।

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

Success

Thank you for your time.