7 years ago
September 30, 2017
पेरिस् (एजेन्सी) – यस सिजन फ्रान्सेली लिग १ मा अपराजित रहेका दुई टोली पेरिस सेन्ट जर्मन (पिएसजी) र बोर्डो आज पिएसजीको घरेलु मैदानमा आम्ने–साम्ने हुँदैछन् । खेल आज राति नेपाली समयअनुसार ८.४५ बजे सुरु हुने छ ।
लिग १ का ७ खेलमा २१ गोल गोल गर्न सफल पिएसजी निकै राम्रो लयमा रहेको छ । उसले च्याम्पियन्स लिगमा बायर्न म्युनिखमाथि ३–० को शानदार जित पनि दर्ता गरेको थियो । अर्को तर्फ बोर्डो पनि पिएसजी जस्तै लिगमा अपराजित रहेको छ ।
लिगको पछिल्लो खेलमा भने पिएसजी मार्सेसँग ०–० को बराबरीमा रोकिएको थियो । त्यस खेलमा चोटका कारण पिएसजीका स्टार खेलाडि नेयमार टोलीमा सहभागि भएका थिएनन् । यस खेलमा भने नेयमार सामेल हुँदै एडिन्सन काभानी र किलियन बाप्पेलाई अग्रपंक्तिमा सघाउने छन् ।
आफ्नो अघिल्लो खेलमा गुइनग्याम्पलाई ३–१ ले हराएको र यस सिजन अपराजित रहँदै तालिकाको तेस्रो स्थानमा रहेको बोर्डोले पिएसजीलाई निराश पार्न खोज्ने छ । आफ्ना पछिल्ला २७ घरेलु खेलमा अपराजित रहेको पिएसजी भने सिजनको अपराजित यात्रा लम्ब्याउँदै तालिकको अग्रस्थानमा आफ्नो पकड अझ जमाउने दाउमा हुने छ ।
January 11, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबले अर्को महिना आयोजना गर्ने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ। जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ। आहा रारामा यस पटक सहभागी हुनेमा साविक विजेता त्रिभुवन आर्मी […]
January 11, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लब पोखराले २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको तयारीलाई तीव्रता दिएको छ। यसै क्रममा जयश्री फुड्स प्रालि सह प्रायोजकको रुपमा आहा रारा सँग जोडिएको छ । त्यसका लागि शनिवार जयश्री फुड्सका जनरल मेनेजर अमित अग्रवाल र सहाराका अध्यक्ष केशव वरालले सम्झौता पत्रमा हस्ताक्षर गरेइ । सम्झौता एक वर्षको […]
January 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिग दुई शीर्ष टोली एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले आज एकअर्काको सामना गर्दैछ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा विभागीय डर्बी खेल दिउँसो १२:०० बजे सुरु हुनेछ।अन्तिम चरणमा दुवै टोली अपराजित रहँदै आएका छन्। सबै ३ खेल जितेको एपिएफ ९ अंकसहित शीर्ष स्थानमा छ। ३ खेलमा २ जित […]