7 years ago
September 29, 2017
भद्रपुर (हाम्रो खेलकुद)– साफ यू १८ च्याम्पियन नेपाली युवा टोलीका सदस्य रेजिन सुब्बाको गृहनगरमा आज भव्य स्वागत भएको छ । भुटानमा बुधबार सम्पन्न साफ यू १८ मासमान ९ अंक भएपनि हेड टु हेडमा बंगलादेशलाई पछि पार्दै नेपाल च्याम्पियन बनेको थियो ।
झापा चन्द्रगढीका रेजिनलाई परिवार, मुनाल क्लब, चन्द्रगढी फुटबल एकेडेमी र नगरवासीले भव्य साग गरेका थिए । आयोजक भुटानसँग पहिलो खेलमा १–० ले पराजित नेपाल त्यसपछिका बाँकी खेल जित्दै च्याम्पियन बनेको थियो ।
त्यसपछिको खेलमा माल्दिभ्सलाई २–० ले बंगलादेशलाई २–१ ले अन्तिम खेलमा भारतलाई २–० ले हराएको थियो । माल्दिभ्सविरुद्धको खेलमा रेजिनले पनि गोल गरेका थिए । गृहनगरमा हुँदा रेजिनले चन्द्रगढी फुटबल एकेडेमीमा युगल किशोर राईसँग प्रशिक्षण लिने गरेका छन् ।
November 17, 2024
एजेन्सी – जर्मनी र नेदरल्यान्ड्सले युइएफए नेसन्स लिगमा सानदार जित निकालेका छन् । लिग ए ग्रुप ३ को पाँचौं चरणको खेलमा जर्मनीले तुलनात्मक रुपमा कमजोर बोस्निया एण्ड हर्जगोभिनामाथि ७–० को एकपक्षीय जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीको फराकिलो जितमा फ्लोरिएन रिट्ज र टिम क्लाइनडिस्टले समान २ तथा जमल मुसिएला, काई हाभर्टज र […]
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नेपालले अग्रता लिएपछि रक्षात्मक […]
November 16, 2024
एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिवार उरुग्वेले कोलम्बियालाई ३- २ हराएको छ। उरुग्वेको जित दिलाउन म्यानुएल उगारटेले इन्ज्युरी समयको ११ औं मिनेटमा निर्णायक गोल गरे । खेलमा अग्रता पनि कोलम्बियाले नै लिएको थियो । जुवान फर्नान्डो क्विन्टेरोले ३१ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ५७ औं मिनेटमा डाभिन्सन सान्चेजले आत्मघाती गोल गरेपछि खेलमा १-१ को बराबरी […]