default_image

7 years ago

September 28, 2017

साफ यू १८ च्याम्पियन युवा नेपाली टोली फर्कियो

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू १८ च्याम्पियनसिप विजेता टोली आज स्वदेश फर्केको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीले च्याम्पियन युवा टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

भुटानमा सम्पन्न प्रतियोगिताको अन्तिम दिनका दुवै खेलमा अनकुल आएपछि नेपालले उपाधि रक्षा गरेको हो । दुई बर्षअघि नेपालले घरेलु मैदानमा आयोजित पहिलो साफ यू १९ को उपाधि जितेको थियो । राउन्ड रोविनको अन्तिम खेलमा बुधबार भारतलाई २–० ले हराएपछि नेपाल विजेता बनेको हो ।

त्यसअघि बंगलादेशले नेपालका लागि उपाधि जित्ने बाटो तयार पारिदिएको थियो । नेपाल र भारतको खेलअघि बंगलादेशले भुटानलाई २–० ले हराएपछि नेपालको उपाधि जित्ने सम्भावना बनेको थियो । यदि त्यो खेल भुटानले जित्यो भने अन्तिम खेलअघि नै नेपाल उपाधि दौडबाट बाहिरिसक्ने थियो । सहभागी पाँच टोलीमा राउन्ड रोविनपछि सर्वाधिक अंक प्राप्त गर्ने टोली विजेता भएको हो ।

नेपाल र बंगालदेशको बराबरी ९ अंक भएमा हेड टु हेडका आधारमा नेपाल विजेता बनेको हो । पहिलो खेलमा भुटानसँग पराजित नेपाललले बाँकी सबै खेल जितेको थियो । नेपालसँग हारेको बंगलादेशले बाँकी टोलीलाई पराजित गरेको थियो ।

भारतलाई हराउन दुवै गोल दिनेश हेन्जनले गरेका थिए । फ्रिकिकमा आएको बललाई वन टचमा दिनेशले दोस्रो मिनेटमा गोल गरे । उनले नै ३७ औं मिनेटमा पेनाल्टी बक्स भित्रबाट राम्रो गोल गर्दै अग्रता दोब्बर पारेपछि नेपाल बलियो अवस्थामा पुगेको थियो । दिनेशले सिक्स यार्ड बक्सको दाँया तर्फबाट फार पोस्टमा भारतीय गोलकिपरलाई बिट गर्दै गोल गरेका थिए । दिनेश नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि चुनिएका थिए ।

January 17, 2025

एन्फा महिला लिगमा एपिएफको लगातार छैटौं जित

काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]

January 17, 2025

रियल कोपा डेल रेको क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। सेल्टा भिगोलाई बिहीवार ५-२ ले हराउँदै रियल अन्तिम आठमा पुगेको हो। घरेलु मैदानमा रियलले २-० को अग्रता जोगाउन नसक्दा जितका लागि थप समय सम्म कुर्नुपर्यो । इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा सेल्टा भिगोले बराबरी गोल फर्कायो । रियललाई जित दिलाउन एन्ड्रिकले २, केलियन एम्बाप्पे, […]

January 17, 2025

डियालोको ह्याट्रिकमा युनाइटेडको जित

एजेन्सी – एमाड डियालोको ह्याट्रिकमा इंग्लिस प्रिमियर लिग मा म्याचेस्टर युनाइटेडले जित हासिल गरेको छ । घरेलु मैदानमा युनाइटेडले बिहीवार साउथह्याम्पटनलाई ३-१ ले हरायो। खेलको अन्त्यतिर डियालोले ह्याट्रिक पूरा गरे । खेलमा अग्रता साउथ लियो । ४२ औं मिनेटमा युनाइटेडका म्यानुअल उगार्टेको आत्मघाती गोलमा साउथह्याम्पटनले अग्रता बनायो । डियालोले ८२औं मिनेटमा गोल गर्दै युनाइटेडलाई खेलमा […]

Success

Thank you for your time.