7 years ago
September 28, 2017
लिस्बोन (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत समूह ‘डी’ मा बार्सिलोनाले घरेलु टोली स्पोर्टिङ सिपिलाई १-० ले पराजित गरेको छ । खेलको एकमात्र गोल सिबस्टियन कोट्सको आत्मघाती गोल रह्यो ।
प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको बार्सिलोना समूहको शिर्षस्थानमा छ भने स्पोर्टिङ दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा बार्सिलोनासँग पराजित युभेन्टसले समूहको अर्को खेलमा ओलम्पियाकसलाई २-० ले पराजित गरेपछि तेस्रो स्थानमा उक्लेको छ ।
खेलको ४९ औं मिनेटमा लियोनल मेस्सीको फ्रीकिकमा लुइस स्वारेजको हेडर लिभरपुलका पूर्व रक्षक कोट्सलाई लागेर गोलमा परिणत भएको थियो । खेल अवधि भरि बिपक्षी खेलाडीबाट मार्क भएका मेस्सी १ सयौं युरोपेली गोल गर्नबाट चुके ।
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – संकटा फुटबल क्लबले एपिएफ फुटबल क्लबलाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाले टाइब्रेकरमा ५–३ को जित दर्ता गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । एपिएफ सुजन पुलामीको प्रहारलाई संकटाका गोलरक्षक दीप कार्कीले असफल पार्दै […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – केपी ओली कप फुटबल प्रतियोगिताका आज दुई खेल हुँदैछन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पहिलो खेल एपिएफ एफसी र संकटा एफसी बिच हुनेछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ । एपिएफ लगातार तेस्रो […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]