7 years ago
September 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू-१८ च्याम्पियनसिपको अन्तिम खेलको पहोलो हाफ सकिदा नेपाल भारतविरुद्ध २-० को अग्रतामा छ । नेपालका लागि दुवै गोल दिनेश हेन्जनले गरेका हुन् ।
नेपालले खेलको पहिलो मिनेटमा अग्रता लिएको थियो । फ्रिकिकमा दिनेशले टच गर्दै नेपाललाई अग्रता दिलाएका थिए भने ३७ औं मिनेटमा हेन्जनले बक्स भित्रबाट राम्रो गोल गर्दै अग्रता दोब्बर गरेका थिए । दिनेशले ६ यार्ड बक्सको दाँया तर्फबाट फार पोस्टमा भारतीय गोलकिपरलाई बिट गरेका थिए ।
भारतले खेलमा गोल गर्ने थुप्रै प्रयास गरेपनि गोल गर्न भने सकेको छैन । यसअघिको खेलमा बंगलादेशले घरेलु टोली भुटानलाई २-० ले पराजित गरेको थियो ।
बंगलादेशले तेस्रो जितसँगै ९ अंक बटुलेपछि भारतको भने उपाधि जित्ने सम्भावना सकिएको छ । बंग्लादेशले भारतलाई ४-३ ले पराजित गरेकाले भारतले ९ अंक बनाएपनि हेड टु हेडका आधारमा बंगलादेशले उपाधि जित्ने छ । तर अन्तिम खेलमा नेपालले भारतलाई पराजित गरेमा नेपाल हेड टु हेडका आधारमा च्याम्पियन बन्ने छ ।
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]
March 22, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]