7 years ago
September 27, 2017
लिस्बोन (एजेन्सी) – पाँच पटकको च्याम्पियन्स लिग विजेता बार्सिलोनाले आज राति समूह डिमा पोर्चुगेली क्लब स्पोर्टिङ सिपिको सामना गर्दै छ । स्पोर्टिङको घरेलु मैदानमा खेलिने यस खेल नेपाली समय अनुसार १२.३० बजे सुरु हुने छ ।
बार्सिलोनाले आफ्नो च्याम्पियन्स लिग अभियान युभेन्टसलाई ३–० ले हराउँदै सुरु गरेको गरेको थियो भने स्पोर्टिङले पनि आफ्नो पहिलो खेलमा ओलम्पियाकोसलाई ३–२ ले हराउन सफल रहेको थियो । ला लिगाको सिजनमा सबै ६ खेल जित्दै बार्सिलोना राम्रो लयमा देखिएको छ । अर्को तर्फ स्पोर्टिङको भने पछिल्ला २ खेल बराबरीमा टुङिएको छ ।
बार्सिलोनाका लागि ओस्माने डेम्बेले लामो समयका लागि चोटिल छन् । त्यसैले जेरार्ड डेउलेफेउले लियोनल मेस्सी र लुइस स्वारेजलाई अग्रपंक्तिमा साथ दिने छन् । मिडफिल्डमा भने आन्द्रेस इनिएस्टाको साथ सर्जियो बुस्केट्स र पौलिन्होले दिने सम्भावना छ । राम्रो लयमै रहेकाले आफ्नो सुरुवाती ११ मा बार्सिलोनाले खासै हेरफेर नगर्ने देखिन्छ ।
स्पोर्टिङका लागि भने लगभग सबै खेलाडि फिट रहेका छन् । एलेन रुइज शनिबारको घरेलु खेलमा चोटिल भएकाले उनी आज राति नखेल्ने सम्भावना छ ।
दुवै टोली अाअफ्ना सिजनको राम्रो सुरुवातलाई निरन्तरता दिन खोज्ने छन् । स्पोर्टिङले यस सिजन बार्सिलोना जस्तै एउटा पनि खेल गुमाएको छैन् । बार्सिलोनाले स्पोर्टिङ विरुद्ध पछिल्ला दुई खेलमा दुवै जित्दै कुल आठ गोल पनि गरेको छ ।
January 11, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबले अर्को महिना आयोजना गर्ने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ। जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ। आहा रारामा यस पटक सहभागी हुनेमा साविक विजेता त्रिभुवन आर्मी […]
January 11, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लब पोखराले २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको तयारीलाई तीव्रता दिएको छ। यसै क्रममा जयश्री फुड्स प्रालि सह प्रायोजकको रुपमा आहा रारा सँग जोडिएको छ । त्यसका लागि शनिवार जयश्री फुड्सका जनरल मेनेजर अमित अग्रवाल र सहाराका अध्यक्ष केशव वरालले सम्झौता पत्रमा हस्ताक्षर गरेइ । सम्झौता एक वर्षको […]
January 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिग दुई शीर्ष टोली एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले आज एकअर्काको सामना गर्दैछ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा विभागीय डर्बी खेल दिउँसो १२:०० बजे सुरु हुनेछ।अन्तिम चरणमा दुवै टोली अपराजित रहँदै आएका छन्। सबै ३ खेल जितेको एपिएफ ९ अंकसहित शीर्ष स्थानमा छ। ३ खेलमा २ जित […]