7 years ago
September 27, 2017
सबिन शेर्मा
झापा – टुबोर्ग प्रथम दुधे गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल आज हुँदैछ । उपाधिका लागि ए डिभिजन क्लब नेपाल एपिएफले चर्च ब्वाइज काठमाडौंको सामना गर्नेछ । विजेताले उपाधिसहित ३ लाख १ हजार रुपैयाँ पाउनेछ । दोस्रो हुने टोलीले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
फाइनल पुग्ने दुई टोलीको सेमिफाइनलमा प्रतिस्पर्धा फरक खालको रह्यो । एपिएफले हिमालयन शेर्पालाई प्रतिस्पर्धात्मक खेलमा २–१ ले हराएको थियो । खेलमा पछि परेर पनि एपिएफ नतिजा उल्टाउन सफल भएको थियो । अर्कोतर्फ चर्च ब्वाइजले भने मोरङ ११ माथि ४–० को सहज जित निकालेको थियो ।
झापाको शिवशताक्षी नगरपालिकाको दुधे क्लबले आयोजना गरेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । असोज ४ गते सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।
February 1, 2025
हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]