default_image

7 years ago

September 27, 2017

साफ यू-१८ : उपाधि दौडको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू-१८ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले भारतको सामना गर्दैछ । यू-१९ फर्म्याटमा सम्पन्न अघिल्लो संस्करणको विजेता नेपालले उपाधि रक्षा गर्न भारतलाई जित्ने पर्नेछ ।

Nepal

प्रतियोगितामा घरेलु टोली भुटानसँग पहिलो खेलमा पराजित नेपली टोलीको भाग्य आज कै पहिलो खेलमा पनि निर्भर रहनेछ । नेपालले भारतलाई जित्नु अघि भुटानले पहिलो खेलमा बंगलादेशविरुद्ध अंक गुमाएमा मात्र नेपालको उपाध जित्ने लक्ष्य संभव हुनेछ ।

खेलाडीले शत प्रतिशत दिने सके नेपालले भारतलाई हराउनेमा प्रशिक्षक छिरिङ लोप्साङ विश्वस्त छन् । ‘दुई खेलमा पहेलो कार्डका कारण केहि खेलाडीले यो खेल गुमाउने छन् । त्यस्तै रेजिन सुब्बा पनि चोटग्रस्त भएका कारण खेल्ने छैनन् । हामीसँग टोलीमा यसको विकल्प भएकाले खेलाडीले शत प्रतिशत खेलेमा जित्ने छौं ‘, प्रशिक्षक लोप्साङले भने, ‘भारतसँगको खेलमा दुवै टोलीको उतिकै सम्भावना छ तर हामीसँग जित्नको विकल्प छैन । तसर्थ जित्नका लागी खेल्नेछौं । ‘

नेपालका कप्तान अर्पण कार्की भने प्रशिक्षकको रणनीति अनुसार खेल्ने बताउँछन् । अर्पणले भने,’बंगलादेशसँगको खेलमा प्रशिक्षकको रणनीति अनुरुप खेल्न सक्दा जित्यौं , भारतसँग पनि त्यसरी नै खेल्ने छौं।’ खेल नेपाली समयानुसार रातीको ६:४५ मा सुरु हुनेछ । त्यस्तै पहिलो खेलमा बंगलादेश र भुटान भिड्दै छन् ।

March 22, 2025

एपिएफ महिला फुटबल च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]

March 22, 2025

मौसमका कारण आयोजक र एपिएफबीचको खेल स्थगित

सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]

March 22, 2025

श्रेष्ठको नेतृत्वमा अन्नपूर्ण आरसिटीमा नयाँ कार्यसमिति

काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]

Success

Thank you for your time.