7 years ago
September 26, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ दशैका लागि भोली स्वदेश आइपुग्दैछन् । माल्दिभ्समा टिसी स्पोर्टसबाट व्यावसायिक खेल खेलिरहेका उनी आज साँझ त्यहाँबाट उड्नेछन् । उनी गत महिना एसियन कप छनोटअन्तर्गत ताजकिस्तानसँग खेले लगत्तै उनी माल्दिभ्स फर्केका थिए ।
भदौ २० गते ताजकिस्तानसँगको खेल नेपालले २–१ ले गुमाएको थियो । यहाँबाट निराश भएर माल्दिभ्स पुगेका किरणको टोलीले त्यसयता धिवेही प्रिमियर लिग (डिपिएल) मा लगातार तीन खेल जितेको थियो । ग्रिन एफसीलाई ३–१ ले हराएको किरणको टोलीले त्यसअघि माजियलाई १–० ले र मालहोसलाई ३–२ ले हराएको थियो ।
मालहोससँगको खेल चलिरहँदा भदौ २६ गते नेपालमा किरण पल्सर स्पोर्टस अवार्डमा वर्षका उत्कृष्ट खेलाडी पुरुष घोषित भएका थिए । त्यसको केही दिनअघि किरणसहित ८ जनालाई युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित गरेको थियो ।
दशै विदामा किरण झन्डै दुई साता स्वदेश बस्नेछन् । उनी असोज २६ माल्दिभ्स फर्कनेछन् । डिपिएलमा उनको टोलीले असोज २८ गते खेल्ने किरणले बताएका छन् । टिसी स्पोर्टस गोलअन्तरमा पछि पार्दै अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । दोस्रो स्थानको माजिया र टिसी स्पोर्टसको समान १६ अंक छ भने शीर्षस्थानको टोलीको १८ अंक छ ।
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]
March 22, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]