7 years ago
September 26, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी सोलिडारिटी कप विजेता टोलीका खेलाडीलाई अखिल नेपाल फुटबल संघले आज नगद पुरस्कार वितरण गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले टोलीका सदस्यहरुलाई जनही ३ लाख रुपैयाँ वितरण गरेका हुन् ।
गत वर्ष कार्तिकमा मलेसियाको कुचिङमा भएको सोलिडारिटी कपको फाइनलमा मकाउलाई १–० ले हराउँदै नेपाल च्याम्पियन बनेपछि एन्फाले पुरस्कारको घोषणा गरेको थियो । फाइनलमा सुजल श्रेष्ठले गोल गरेका थिए । सरकारले भने यसअघि नै जनही ३ लाख रुपैयाँ जनही ३ लाख रुपैयाँ प्रदान गरेको थियो ।
कार्यक्रममा एन्फा अध्यक्ष श्रेष्ठले घोषित पुरस्कार दिनमा ढिलाई भएकोमा माफी मागेका थिए । उनले टोलीले आउने दिनमा थप सफलता प्राप्त गर्ने विश्वास गर्दै सबैलाई दशैको शुभ कामना दिएका थिए । पुरस्कार पाउनेमा २३ खेलाडी,५ प्रशिक्षण टोली र व्यवस्थापक छन् ।
प्रतियोगितामा सात राष्ट्रको सहभागिता थियो । एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता नेपालले जितेको त्यो पहिलो पटक थियो । त्यहि सफलताले नेपाललाई एसियन कप छनोटमा पुनः खेल्ने मौका पाएको थियो ।
ग्वामले छनोट बाट नाम फिर्ता लिएपछि त्यो ठाँउमा एएफसीले नेपाललाई मौका दिएको थियो । अहिले नेपाल एसियन कप छनोट चरणमो पुछारमा रहेको छ । अहिले सम्मका तीन खेलमा २ खेल गुमाएको नेपालले यमनसँग बराबरी गरेको थियो ।
नगद पुरस्कार पाउने सोलिडारिटी कपमा नेपाली टोली
गोलकिपर – विकेश कुथु, किरण लिम्बु, विशाल श्रेष्ठ
रक्षक – रविन श्रेष्ठ, विराज महर्जन, विराज महर्जन, अनन्त तामाङ, दीपक गुरुङ, आदित्य चौधरी, कमल श्रेष्ठ , देवेन्द्र तामाङ, रञ्जित धिमाल
मिडफिल्ड – विशाल राई, हेमन गुरुङ, विक्रम लामा,अन्जन विष्ट, सुजल श्रेष्ठ, राजेन्द्र रावल
फरवार्ड – विमल घर्तीमगर,रञ्जन विष्ट, अनिल गुरुङ,सुमन लामा, नवयुग श्रेष्ठ, भरत खवास
प्रमुख प्रशिक्षक – ग्योटुकु कोजी
प्रशिक्षक – राजु शाक्य
गोलकिपर प्रशिक्षक – उज्वल मानन्धर
व्यवस्थापक – विराटजंग शाही
November 17, 2024
एजेन्सी – जर्मनी र नेदरल्यान्ड्सले युइएफए नेसन्स लिगमा सानदार जित निकालेका छन् । लिग ए ग्रुप ३ को पाँचौं चरणको खेलमा जर्मनीले तुलनात्मक रुपमा कमजोर बोस्निया एण्ड हर्जगोभिनामाथि ७–० को एकपक्षीय जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीको फराकिलो जितमा फ्लोरिएन रिट्ज र टिम क्लाइनडिस्टले समान २ तथा जमल मुसिएला, काई हाभर्टज र […]
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नेपालले अग्रता लिएपछि रक्षात्मक […]
November 16, 2024
एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिवार उरुग्वेले कोलम्बियालाई ३- २ हराएको छ। उरुग्वेको जित दिलाउन म्यानुएल उगारटेले इन्ज्युरी समयको ११ औं मिनेटमा निर्णायक गोल गरे । खेलमा अग्रता पनि कोलम्बियाले नै लिएको थियो । जुवान फर्नान्डो क्विन्टेरोले ३१ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ५७ औं मिनेटमा डाभिन्सन सान्चेजले आत्मघाती गोल गरेपछि खेलमा १-१ को बराबरी […]