default_image

7 years ago

September 25, 2017

काकरभिट्टा झापा एकेडेमी फुटबलको उपाधि नजिक

110 views

0 Bookmark

भद्रपुर (हाम्रो खेलकुद)– काकरभिट्टा टे«निङ सेन्टर झापा जिल्ला एकेडेमी स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सैनिक युवा क्लबलाई आज ३–१ ले हराउँदै काकरभिट्टा उपाधि नजिक पुगेको हो ।

विजयी टोलीका लागि मिलन राईले २ र अर्को गोल योगेश गुरुङले गरे । पराजित टोलीका लागि गणेश हेमरानले गोल गरेका थिए । काकरभिट्टाले बुधबार हुने फाइनलमा केर्खा स्टार फुटबल एकेडेमीको सामना गर्नेछ । आइतबार एपिएफ दमकलाई १–० ले हराउँदै केर्खा अन्तिम दुईमा पुगेको थियो ।

मेची रंगशालामा आजमा गणेशको गोलबाट चौथो मिनेटमा सैनिक युवाले अग्रता लिएपनि त्यससलाई जोगाउन सकेन । मिलनले १४ औं मिनेटमा बराबरी गोल फर्काका थिए । योगेशले ५४ औं मिनेटमा काकरभिट्टाका लागि गोल गरे भने मिलनले ६२ औं मिनेटमा टोलीका लागि अर्को गोल थपे । मिलन खेलको म्यान अफ दी म्याच चुनिएका थिए ।

मुनाल क्लब भद्रपुरद्धारा सञ्चालित चन्द्रगढी फुटबल एकेडेमीको आयोजनमा सञ्चालित प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख १ हजार र दोस्रो हुने टोलीले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

February 1, 2025

भद्रपुर झापा गोल्डकपका भाग्यशाली दर्शकले मोटरसाइकल पाउने

हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक‌ दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]

January 31, 2025

रियल म्याड्रिड र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको नकआउटमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]

January 31, 2025

लखन कप फुटबल अर्को साता सुरु हुने

सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु  हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा  माघ २२ गते  प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]

Success

Thank you for your time.