7 years ago
September 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू १८ च्याम्यिनसिपमा नेपाल र बंगलादेशबीचको पहिलो हाफमा १–१ को बराबरी भएको छ । यस अघिका खेलमा एक हार र अर्कोमा जित खेलेको नेपाललाई आजको खेल महत्वपूर्ण मानिएको छ ।
आजै यसअघिको खेलमा भारतले माल्दिभ्सलाई २–१ ले हराइसकेका कारण पनि नेपालले अन्तिम दुईमा पुग्न आजको खेल जित्दै पर्ने हुन्छ । नेपालले बंगलादेशविरुद्ध लिएको अग्रता जोगाउन सकेन ।
अभिषेक रिजालले २२ औं मिनेटमा नेपालका लागि गोल गरेका थिए । तर, नेपालले ८ मिनेटपनि अग्रता जोगाउन सकेन । ३० औं मिनेट बंगलादेशका लागि मोहम्मद अल अमिनले बराबरी गोल फर्काएका थिए । बंगलादेशले अघिल्ला दुवै खेल जितेको थियो ।
January 17, 2025
एजेन्सी – रियल म्याड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। सेल्टा भिगोलाई बिहीवार ५-२ ले हराउँदै रियल अन्तिम आठमा पुगेको हो। घरेलु मैदानमा रियलले २-० को अग्रता जोगाउन नसक्दा जितका लागि थप समय सम्म कुर्नुपर्यो । इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा सेल्टा भिगोले बराबरी गोल फर्कायो । रियललाई जित दिलाउन एन्ड्रिकले २, केलियन एम्बाप्पे, […]
January 17, 2025
एजेन्सी – एमाड डियालोको ह्याट्रिकमा इंग्लिस प्रिमियर लिग मा म्याचेस्टर युनाइटेडले जित हासिल गरेको छ । घरेलु मैदानमा युनाइटेडले बिहीवार साउथह्याम्पटनलाई ३-१ ले हरायो। खेलको अन्त्यतिर डियालोले ह्याट्रिक पूरा गरे । खेलमा अग्रता साउथ लियो । ४२ औं मिनेटमा युनाइटेडका म्यानुअल उगार्टेको आत्मघाती गोलमा साउथह्याम्पटनले अग्रता बनायो । डियालोले ८२औं मिनेटमा गोल गर्दै युनाइटेडलाई खेलमा […]
January 16, 2025
अर्जुन कार्की, बागलुङ बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गुठी युनाईटेड र प्रर्पल हेज बिहीवार विजयी हुँदै सेमिफाइनल पुगेसँगै समीकरण पूरा भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले यसअघि नै सेमिफाइनलल पुगिसकेका छन् । बिहीवारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई १-० ले हराउँदै गुठी अन्तिम […]