7 years ago
September 25, 2017
सबिन शेर्मा
झापा (हाम्रो खेलकुद)– विभागिय टोली एपिएफ प्रथम टुर्बोग दुधे गोल्ड कपको फाइनलमा पुगेको छ । युवराज खड्काको निर्णायक गोलमा अर्को ‘ए’ डिभिजन टोली हिमालयन शेर्पालाई २–१ ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । एएिफले बुधबार उपाधिका लागि चर्च ब्वाइज काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ ।
आज १–० ले पछि परेको खेल उल्टाउँदै एपिएफले अन्तिम दुईको यात्रा तय गरेको हो । हिमालयनले खेलको १५ औं मिनेटमा बिके लामाको गोलबाट लिएको थियो । अब्बाको पासमा बिकेको हेड विपक्षी गोलकिपरले फुत्काएपछि गोलमा परिणत भएको थियो । तर, टोलीले अग्रतालाई पहिलो हाफको अन्त्यमा गुमायो ।
पहिलो हाफको इन्जुरी समयमा हरि कार्कीले बराबरी गोल गर्दै एपिएफलाई खेलमा फर्काए । दोस्रो हाफको ३९ औं मिनेटमा युवराजले फ्रिकिकमार्फत गोल गर्दै एपिएफलाई जित दिलाए । एपिएफका श्याम नेपाली खेलको म्यान अफ दी म्याच घोषित भए । श्यामले ५ हजार रुपैयाँ प्राप्त गरे ।
झापाको शिवशताक्षी नगरपालिकाको दुधे क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित विजताले ३ लाख १ हजार र दोस्रो हुने टोलीले उपविजेताले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोकृष्ट खेलाडी र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
February 1, 2025
हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]