default_image

7 years ago

September 25, 2017

फिफा १८ मा सबैभन्दा उत्कृष्ट गोलकिपर नोयर

112 views

0 Bookmark

फ्लोरिडा (एजेन्सी)- विश्वप्रसिद्ध गेमिंग कम्पनी इलेक्ट्रोनिक आर्टस (इए) स्पोट्र्सले यस बर्षको फिफा २०१८ भिडियो गेम यहि सेप्टेम्बर २९ मा रिलिज गर्दैछ । हरेक वर्ष इएले यस गेमको नयाँ संस्करण सार्वजनिक गर्ने गरेको छ । वास्तविक खेल जस्तै भिडियो गेममा पनि फुटबल त्यतिनै लोकप्रिय रहेको छ । अघिल्लो वर्ष सर्वाधिक बिक्रि हुने इलेक्ट्रोनिक्स गेमको सूचीमा फिफा १७, ९औं स्थानमा रहेको थियो।

इएले यो वर्षको फिफामा सम्मिलित उत्कृष्ट १ सय खेलाडीको सुची पनि सार्वजनिक गरिसकेको छ । इएले यो बर्ष पनि ९४ रेटिङ सहित क्रिस्टियानो रोनाल्ड़ो नै पहिलो स्थानमा राखेको छ । लियोनल मेस्सी ९३ रेटिङ सहित दोस्रो स्थानमा छन् । नेयमार, नोयर र लुइस स्वारेज ९२ रेटिङ सहित संयुक्त रुपमा तेस्रो स्थानमा छन् ।

फिफामा गोल किपरको रेटिंग डाइभ, ह्यान्डीलीङ, पास, किक, रिफलेक्सन, स्पिड र पोजिसन क्षमताका आधारमा तय गरिन्छ। फिफाले यो बर्ष गोल किपरहरुमा सबै भन्दा उच्च रेटिंङ बायर्न म्युनिखका किपर म्यानुअल नोयरलाई दिएको छ। उनको रेटिङ ९२ रहेको छ। विश्वका फुटबलका कुनै बेलाका नम्बर १ किपर इकर कासिलास यो बर्ष टप टेन किपरमा पनि पर्न सकेनन्।

फिफामा रेटिंङका आधारमा उत्कृष्ट गोल किपरहरु यस प्रकार रहेका छन्: 

म्यानुयल नोयर (बायर्न म्युनिख)- ९२

डेविड डे गेया (म्यानचेस्टर युनाइटेड)- ९०

जियानलुईजी बुफन (युभेन्टस)- ८९

थिबाउट कोर्तुवा (चेल्सी)- ८९

हुगो लोरिस ( टोटन्ह्याम)- ८८

ओब्लाक (एटलेटीको मड्रीड)- ८८

हान्डानोभिच (इन्टर मिलान)- ८७

पिटर चेक (आर्सनल)- ८६

स्टेफन रुफियर (सेन्ट आयन)- ८५

टार स्तेगन (बार्सिलोना)- ८५

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.