7 years ago
September 24, 2017
केपान्जेन (एजेन्सी)- नेपाली फुटबल टोलीका मिडफिल्डर रोहित चन्दको क्लब पर्सिजा जाकार्ताले इन्डोनेसियाको लिग १ मा एरिमासँग १-१ को बराबरी रोकिएको छ । आज भएको खेलमा अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पर्सिजा बराबरीमा सिमित भएको हो ।
पर्सिजाले पहिलो हाफमा बामब्याङ्ग पामुङ्गकासले ३४ औं मीनेटमा अग्रता दिलाएका थिए । तर, घरेलु टोली एरिमाले खेल सकिनु १० मिनेटअघि बराबरी गोल गरेको थियो ।
अर्जेन्टिनी मिडफिल्डर एस्टेबान भिज्काराले एरिमालाई बराबरी गोल गरेका हुन् । रोहितले पुरै समय खेलेका थिए । २६ खेलमा पर्सिजा ४३ अंक सहित छैठौं स्थानमा यथावत छ भने एरिमा ४२ अंक सहित सातौँ स्थानमा छ । पहिलो स्थानको भायांगकाराको ५३ अंक छ ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]