7 years ago
September 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू १६ च्याम्पियनसिप छनोटमा आज प्यालेस्टानसँग खेल्नुअघि नै नेपालको अघि बढ्ने सम्भावना रहे नरहेको सामान्य आकलन गर्न सकिन्छ । समूह विजेताका रुपमा अघि बढ्ने नेपालको सम्भावना अघिल्ला दुई खेलकै नतिजाबाट सकिसकेको छ । अबको सम्भावना भनेको समूहको उपविजेता सम्मको मात्र हुनेछ ।
यद्दपी त्यसका लागि इराक र भारतबीच हुने पहिलो खेलको नतिजामा पनि निर्भर हुन्छ । तर, आफ्नो समूहको उपविजेता बनेर मात्रपनि अन्तिम चरण पुग्ने सम्भावना नरहन सक्छ । त्यसका लागि छनोटका १० वटा समूहका उत्कृष्ट ५ उपविजेताले मात्र अन्तिम चरणमा प्रवेश पाउनेछन् ।
त्यसैले आज हुने खेलमा नेपालले प्यालेस्टानलाई हराएर पनि छनोट नहुन सक्दछ । आयोजकका नाताले मलेसियाले स्वतः यू १६ एसिया कपमा प्रवेश पाउनेछन् । यदि छनोटमा विजेता वा उत्कृष्ट ५ उपविजेतामा परेमा अर्को उत्कृष्ट उपविजेता मध्ये एक टोलीले फाइनल राउन्डमा प्रवेश पाउनेछ ।
यसपटकको छनोटमा कमजोर सुरुआत गरेको नेपालले भारतसँगको खेलमा भने उच्च प्रदर्शन गरेको थियो । इराकसँग १–० ले पराजित भएको खेलमा निकै रक्षात्मक रुपमा उत्रिएको नेपालले भारतलाई भने दबाबमा राखेको थियो । नेपाल र भारतले २–२ को बराबरी खेलेको थियो ।
अघिल्ला खेलहरुको आधारमा भन्ने हो भने प्यालेस्टान समूहको सबै भन्दा कमजोर टोली हो । त्यसले त्यस्तो टोलीविरुद्ध नेपालले सफलता नतिजा निकाल्ने अनुमान गर्न सकिन्छ । तर, प्यालेस्टान यसअघि नै च्याम्पियनसिपबाट बाहिरिसकेकोले उसले अब गुमाउने केही छैन, टोलीलाई दबाब पनि छैन । त्यसका आधारमा नेपालविरुद्ध खुलेर प्रतिष्ठाका लागि खेल्ने सम्भावना पनि रहन्छ । नेपालको अघि बढ्ने सम्भावना रहेकाले दबाब नेपालमाथि नै बढी पर्न सक्छ ।
प्यालेस्टानसँग आक्रमण रणनीतिमै उत्रने नेपाली टोलीका प्रशिक्षक सुनिलकुमार श्रेष्ठले बताए । ‘पहिलो खेलको नतिजाले हाम्रो सम्भावना रहने भएकोले त्यो खेल महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘तर त्यसका वावजुद पनि समिकरण जे भएपनि हामी जितको लक्ष्यका साथ उत्रनेछौं ।’ उनले भारतसँगको खेलमा भन्दा पहिलो रोजाईमा केही खेलाडी परिवर्तन हुने संकेत गरे ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]