default_image

7 years ago

September 23, 2017

रियलका मार्सेलो एक महिना मैदान बाहिर हुने सक्ने

49 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका ब्राजिलियन लेफ्ट ब्याक मार्सेलो चोटका कारण करिब एक महिना मैदान बाहिर हुनेछन । रातो कार्डका कारण एक खेल गुमाएका मार्सेलो मैदानमा फर्किएकै खेलमा बेटिसविरुद्ध चोट बोकेका थिए ।

Marcelo

रियल बेटिससँग पराजित हुँदा मार्सेलो ७१ औं मिनेटमा परिवर्तित भएका थिए । मार्सेलो रियलको आज एबारसँगको खेलमा उपलब्ध छैनन् । थप परिक्षणपछि उनको चोटको बारेमा थप जानकारी मिल्ने छ । तर उनले करिब तीन साता खेल गुमाउन सक्ने स्पेनिस मिडिया मार्साले बताएको छ ।

मार्सेलोले च्याम्पियन्स लिगमा बोरुसिया डर्टमाउन्डसँगको खेल गुमाउन सक्ने डर रियाललाई छ । रियल र डर्टमाउन्ड सेप्टेम्बर २६ मा भिड्दै छन् ।

January 11, 2025

आहा रारा पोखरा गोल्डकपमा जयश्री फुड सह प्रायोजक

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लब पोखराले २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको तयारीलाई तीव्रता दिएको छ। यसै क्रममा जयश्री फुड्स प्रालि सह प्रायोजकको रुपमा आहा रारा सँग जोडिएको छ । त्यसका लागि शनिवार जयश्री फुड्सका जनरल मेनेजर अमित अग्रवाल र सहाराका अध्यक्ष केशव वरालले सम्झौता पत्रमा हस्ताक्षर गरेइ । सम्झौता एक वर्षको […]

January 11, 2025

महिला लिगमा एपिएफ र आर्मी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिग दुई शीर्ष टोली एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले आज एकअर्काको सामना गर्दैछ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा विभागीय डर्बी खेल दिउँसो १२:०० बजे सुरु हुनेछ।अन्तिम चरणमा दुवै टोली अपराजित रहँदै आएका छन्। सबै ३ खेल जितेको एपिएफ ९ अंकसहित शीर्ष स्थानमा छ। ३ खेलमा २ जित […]

January 10, 2025

महिला लिगमा बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- वालिङ नगरपालिकालाई ३-० ले हराउँदै बागमती युथ क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा पहिलो जित निकालेको छ। चौथो खेलमा पुगेर बागमतीले अंकको खाता खोलेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलमा बागमतीलाई जित दिलाउन अस्मिता खवास र विष्णु माया बलले गोल गरे। बागमती र वालिङ दुवै अंकको खाता खोल्ने दाउमा थिए। यो खेल […]

Success

Thank you for your time.