default_image

10 years ago

August 21, 2015

एन्फा साधारण सभा रोकिन सक्ने

182 views

0 Bookmark

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभाका लागि वैधानिक प्रक्रिया पुरा गरे नगरेको छानविन गरिने बताएका छन् ।

एन्फा साधारण सभा रोकिन सक्ने

एन्फाका असहमत पक्षले आसन्न साधारण सभा रोक्न र विधान अनुरुप साधारण सभाको प्रक्रिया बढाउन ज्ञापनपत्र बुझाएपछि सदस्य सचिव विष्टले यस्तो प्रतित्रिया दिएका हुन् । एन्फाले भदौ १६ का लागि १५ औं साधारण सभा डाकेको छ ।

एन्फाका उपाध्यक्षत्रय कर्माछिरिङ शेर्पा, किशोर राई र विजयनारायण मानन्धर तथा सदस्य पंकज नेम्बाङसहितको हस्तक्षर रहेको ज्ञापनपत्र बिहीबार युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र सदस्यसचिव विष्टलाई बुझाइएको थियो ।एन्फा साधारण सभा रोकिन सक्ने1

‘एन्फामा निरंकुशता छ । भ्रष्टाचार छ र आसन्न साधारणसभा पनि विधानसम्मत छैन भन्ने उहाँहरूको गुनासो रह्यो,’ विष्टले भने, ‘आर्थिक विषयमा सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन भइरहेकाले त्यो विषय हामीले हेर्दैनौं । विधि प्रक्रियाका विषयमा भने हामी गम्भीरतापूर्वक हेर्छौ । छानबिवन समिति गठन गरिनेछ । विधिसम्मत साधारणसभा बोलाइएको छैन भने त्यो रोकिन्छ ।’

असन्तुष्ट पक्षले एन्फा विधानअनुसार ६० दिनअघि सदस्यलाई साधारण सभाको सूचना दिनुपर्ने भए पनि त्यसो नगरिएको आरोप लगाएको छ । ‘नेपाल ओलम्पिक कमिटीले विधानअनुसार २१ दिनअघि साधारणसभाको जानकारी नदिएको कारण देखाएर एन्फा अध्यक्ष गणेश थापा आफै एनओसी निर्वाचन रोक्न लागे ,’ एन्फा उपाध्यक्ष शेर्पाले भने, ‘आफूले नेतृत्व गरेको संघमा विधानसम्मत हुन नपर्ने ।’
एन्फाका निर्वाचित पदाधिकारी र सदस्यलाई जानकारी समेत नदिई साधारणसभा डाकिएको भन्ने बूँदासहित असन्तुष्ट पक्षले ९ बूँदे ज्ञापनपत्र बुझाएका हुन् । एन्फासँग असन्तुष्ट रहेकालाई साधारण सभाको कुनै जानकारी नआएको समेत शेर्पाले बताएका छन् ।

May 16, 2025

महिला फुटबल टोलीको दोस्रो चरणमा ३१ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डविरुद्धको आगामी दुई मैत्रीपूर्ण खेलको लागि दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले झन्डै दुई साताको प्रशिक्षणपछि ४८ खेलाडीबाट दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका हुन् । दोस्रो चरणमा १७ खेलाडीले स्थान बनाउन सकेनन् । कोपिला खड्का, सबित्रा किशन, सजनी […]

May 16, 2025

नेपाल सेमिफाइनलबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – प्रतिस्पर्धात्मक खेलमा बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । साविक विजेतासँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरिएको हो । खेलको अन्त्यतिर ३ गोल निस्कदा नेपालले बंगलादेशलाई नतिजा सुम्पियो ।बंगलादेशका आशिखुर रहमान र कप्तान फैजलले गोल गरे । नेपालका सुजन डंगोलले एक गोल फर्काए । पहिलो […]

May 16, 2025

बार्सिलोनाले जित्यो ला लिगा उपाधि

एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]

Success

Thank you for your time.