7 years ago
September 22, 2017
दिपक न्यौपाने
बुटवल – कपिलवस्तु युनाइटेडले झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । तिर्थ मगरको निर्णायक गोलमा रुपन्देहीको कुन्जलापुरमा भैरव एफसी नवलपरासीलाई आज २–१ ले हराउँदै युनाइटेड ३१ औं संस्करणको च्याम्पियन बनको हो ।
उमा निमावीवको मैदानमा तिर्थले निर्धारित ८० मिनेटको खेल सकिन ७ मिनेट बाँकी रहँदा गरेको गोल खेलको निर्णायक बनेको थियो । त्यसअघि रवि पासवानको गोलबाट युनाइटेडले सातौं मिनेटमा अग्रता लिएको थियो । तर, अग्रता धेरै समय टिक्न सकेन भैरवका लागि कान्छा गुरुङले बराबरी गोल फर्काएका थिए ।
विजेता युनाइटेडले उपाधिसहित १ लाख ५० हजार र भैरवले ८५ हजार रुपैयाँ प्राप्त गर्यो । भैरव एफसीका कान्छा प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै युनाइटेडका किरण क्षेत्री उत्कृष्ट गोलकिपर चुनिए । आयोजक झरना क्लबका विवेक पाण्डे प्रतियोगिताको एच्च गोल कर्ता बने ।
तिलोत्तमा नगरपालिकाकाका बासुदेव घिमिरे, रुपन्देही जिल्ला फुटबल सघंका अध्यक्ष कुमार केसी, आयोजक क्लबका अध्यक्ष लोक पुन लगायतले पुरस्कार वितरण गरे । प्रतियोगितामा रुपन्देही,कपिलबस्तु, र नवलपरासी जिल्लाका १६ क्लबको सहभागिता थियो ।
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]
January 31, 2025
एजेन्सी – अल नासरले साउदी प्रो लिगमा अल रैदलाई पराजित गरेको छ । किंग अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा बिहीवार नासरले रैदलाई २-१ ले हराएको हो । नासरको जितमा क्रिस्टियानो रोनाल्डो र नवाफ बौउशलले गोल गरे । अल रैदका लागि अमिर सायुदले गोल फर्काए । खेलको ३५औं मिनेटमा रोनाल्डोको गोलबाट अल नासरले अग्रता लियो । खेलको […]