7 years ago
September 22, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले आज माल्दिभ्सलाई २–० ले हराउँदै साफ यू १८ फुटबल च्याम्पियनसिपमा पुनरागमन गरेको छ । साफ यू १९ च्याम्पियनसिपको विजेताका हैसियतमा भुटान पुगेको नेपाल पहिलो खेलमा आयोजक टोलीसँगै पराजित भएको थियो ।
दबाबकाबीच नेपाली टोलीले माल्दिभ्समाथि जित दर्ता गरेको छ । खेलको सुरुआतमै गोल गरेको नेपालले दोस्रो गोल दोस्रो हाफमा गरेको थियो । रोमन लिम्बुले सातौं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । रेजिन सुब्बाले अर्को गोल ५७ औं मिनेटमा गरेका थिए ।पाँच राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपमा सबैले एकअर्कासँग प्रतिस्पर्धा गरेपछि अंक तालिकाका दुई शीर्ष टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
बुधबार यता घरेलु मैदानमा एएफसी यू १६ छनोटको पहिलो खेलमा इराकसँग १–० ले पराजित नेपाल भुटानमा पनि त्यहि अन्तरमा पराजित भएको थियो । आज नेपालले यू १८ र यू १६ मा हार्नु परे । घरेलु मैदानमा यू १६ टोलीले भारतसँग २–२ को बराबरी खेलेको थि । भारत त्यहि टोली हो जसले गत महिना नेपाललाई २–१ ले हराउँदै साफ यू १५ च्याम्पियन बनेको थियो ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]