default_image

7 years ago

September 22, 2017

एएफसी यू-१६ छनोट : इराकको सहज जित

54 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१६ च्याम्पियनसिप अन्तर्गतको छनोट चरणको खेलमा समूह ‘डी’ मा इराकले सहज जित हासिल गरको छ । प्यालेस्टाइनलाई ४-० ले हराउँदै इराकले दोस्रो जित हासिल गरेको हो ।

Iraq

तस्विर : विवेक सुवेदी

हलचोक स्थित सशस्त्र प्रहरी बलको मुख्यालय मैदानमा इराक खेलको सुरुआत देखि हावी रह्यो । पहिलो खेलमा नेपाललाई १-० ले हराएको इराकले मलेसियामा हुने फाइनल चरणकालागि सम्भावना बलियो बनाएको छ ।

इराकले निरन्तर दबाब सिर्जना गरेपनि पहिलो हाफमा गोल गर्न सकेन । दोस्रो हाफमा हसन सलमान शाहनको गोलमा ५० औं मिनेटमा इराकले अग्रता लिएको थियो । त्यस्तै कप्तान अहमद अयाद अल-हिल्फीले ६७ औं मिनेटमा इराकको अग्रता दोब्बर गरे । इराकले ७२ औं मिनेटमा अब्दुलरजाक कसीम सुभाईहवीले पेनाल्टी मार्फत तेसो गोल गरेका थिए । खेलको ८९ औं मिनेटमा अब्दुल्लाह हसुन हमिदले इराकको चौथो गोल गरे । हमिदको प्रहार प्यालेस्टाइनका डिफेन्डर अमजद कोरानलाई ठोकिदै गोलमा परिणत भएको थियो ।

पहिलो खेलमा भारतसँग ३-० ले पराजित प्यालेस्टाइनको छनोट हुने सम्भावना अन्त्य भएको छ । प्रतियोगिताबाट बाहिरिएपनि अन्तिम खेलमा नेपालसँग जित्नकालागि खेल्ने प्यालेस्टाइनका प्रशिक्षक याहे असी जालायाजाले बताए । ‘प्रतियोगिताबाट बाहिरिए पनि हामीले अन्तिम खेलमा नेपालसँग जित्नकालागि खेल्नेछौँ  ‘,जालायाजाले खेल पछि भने । पहिलो हाफमा सन्तुलनमा रहेपनि दोस्रो हाफमा चोटका कारण राम्रो प्रदर्शन गर्न नसकेको उनको भनाइ छ । ‘हामीले नेपालको  मौसमसँग ढल्न सकेनौ । यहाको वातावरणले साथ् नदिँदा हामीलाई खेल्न गाह्रो भयो ‘, उनले थपे ।

त्यस्तै इराकी प्रशिक्षक अली हादीले पहिलो हाफमा रक्षात्मक रणनीति अपनाएको प्यालेस्टाइनविरुद्ध थप आक्रमक हुँदा दोस्रो हाफमा गोल निस्किएको बताए । ‘पहिलो हाफमा प्यालेस्टाइनले डिफेन्सिभ खेलेपनि हामीले दोस्रो हाफमा गोल गर्न थप आक्रमक भएपछि गोल निस्कियो  ‘, अली हादीले भने । उनले अन्तिम खेलमा भारत बलियो भएका कारण पछिल्लो दुइ खेलको गल्ति सुधार्नु पर्ने बताए । इराकका कप्तान अल-हिल्फीले भारतसँगको खेलमा गल्ती नदोहोर्याउने बताए ।

इराकले आइतबार अर्को खेलमा भारतको सामना गर्नेछ । त्यस्तै आजको दोस्रो खेलमा नेपाल र भारत भिड्दै छन् ।

 

January 31, 2025

रियल म्याड्रिड र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको नकआउटमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]

January 31, 2025

लखन कप फुटबल अर्को साता सुरु हुने

सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु  हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा  माघ २२ गते  प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]

January 31, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल नासरले साउदी प्रो लिगमा अल रैदलाई पराजित गरेको छ । किंग अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा बिहीवार नासरले रैदलाई २-१ ले हराएको हो । नासरको जितमा क्रिस्टियानो रोनाल्डो र नवाफ बौउशलले गोल गरे । अल रैदका लागि अमिर सायुदले गोल फर्काए । खेलको ३५औं मिनेटमा रोनाल्डोको गोलबाट अल नासरले अग्रता लियो । खेलको […]

Success

Thank you for your time.