default_image

7 years ago

September 21, 2017

हिमालयन शेर्पा टुबोर्ग दुधे कपको सेमिफाइनलमा

74 views

0 Bookmark

झापा (हाम्रो खेलकुद)– ए डिभिजन क्लब हिमालयन शेर्पा टुबोर्ग दुधे गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । राष्ट्रिय लिग खेलिसकेको मोफसलको बलियो टोली झापा ११ लाई आज पेनाल्टीमा ३–२ ले हराउँदै हिमालयन शेर्पा अन्तिम चारमा पुगेको हो ।

Dudhe

निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेलमा अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा झापाले हार बेहोर्न पुग्यो । झापाका लागि खेलको १५ औं मिननमै योगेश गुरुङले गोल गरे । तर, दोस्रो हाफको सातौं मिनेटमा विजय श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई खेलमा फर्काए । विजय नै खेलको म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगितामा भोली त्रिभुवन आर्मी क्लब र मोरङ ११ बीच प्रतिस्पर्धा हुनेछ । झापाको शिवशताक्षी नगरपालिकाको दुधे क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित विजताले ३ लाख १ हजार र दोस्रो हुने टोलीले उपविजेताले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

January 31, 2025

रियल म्याड्रिड र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको नकआउटमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]

January 31, 2025

लखन कप फुटबल अर्को साता सुरु हुने

सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु  हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा  माघ २२ गते  प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]

January 31, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल नासरले साउदी प्रो लिगमा अल रैदलाई पराजित गरेको छ । किंग अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा बिहीवार नासरले रैदलाई २-१ ले हराएको हो । नासरको जितमा क्रिस्टियानो रोनाल्डो र नवाफ बौउशलले गोल गरे । अल रैदका लागि अमिर सायुदले गोल फर्काए । खेलको ३५औं मिनेटमा रोनाल्डोको गोलबाट अल नासरले अग्रता लियो । खेलको […]

Success

Thank you for your time.