7 years ago
September 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोली पूर्व कप्तान तथा फिफा रेफ्री स्वर्गिय रुपकराज शर्माको स्मृतिमा शनिबार साइक्लिङ प्रतियोगिता हुने भएको छ । आयोजक रुपक मेमोरियल फाउन्डेसनले पाकिस्तानी एयरलाइन्स दुर्घटना भएको २५ औं वार्षिकोत्सवको अवसर पारेर विमान दुर्घटनामा निधन भएकाहरुलाई श्रद्वान्जली दिने उद्देश्यले साइक्लिङ प्रतियोगिता गर्न लागेको बताइएको छ ।
२४ किलोमिटरको साइक्लिङ सातदोबाटोस्थित रुपकराज शर्माको स्मृतिमा निर्मित भवनबाट सुरु भएर ललितपुर लेलेस्थित पिआईए स्मृति पार्कमा पुगेर टुंगिनेछ । साइक्लिङमा १ सय ५० भन्दा बढी राइडरहरुको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइइो ।पिआईए स्मृति पार्कमा पुगेपछि विमान दुर्घटनामा निधन भएकाहरुलाई सम्झदै मैनबत्ती बाल्ने कार्यक्रम रहेको छ । त्यसपछि पुन साइकल राइडरहरु सातदोबाटोमा आउने बताइएको छ ।
साइक्लिङको दौरान विमान दुर्घटना र यसको रोकथामबारे अन्तरक्रिया पनि हुनेछ । अन्तरक्रियामा हवाई विज्ञहरुको उपस्थिति रहने समेत फाउन्डेसनका सचिव क्रिश्मा शर्माले बताइन् । स्वर्गिय शर्मा छोरी समेत रहेकी सचिब क्रिश्माले भनिन्, ‘हवाई असुरक्षा अहिले पनि बढी रहेको छ, त्यसैलाई कसरी सुरक्षित बनाउने भन्ने उद्देश्य र हवाई सुरक्षाबारे जनचेतना फैलाउन साइक्लिङको आयोजना गरेका हौ ।’
साइक्लिङमा विभिन्न समयमा विमान दुर्घटनामा पारी ज्यान गुमाएकाहरुका परिवारहरुको समेत सहभागिता रहने बताइएको छ । ललितपुरस्थित भट्टेडाँडामा सन् १९९२ को सेप्टेम्बरमा भएको पाकिस्तानी एयरलाइन्सको विमान दुर्घटनामा पुर्व कप्तान तथा फिफा रेफ्री शर्माको निधन भएको थियो । दुर्घटनामा शर्मासहि १ सय ६७ जना यात्रुहरुको मृत्यु भएको थियो । उक्त दुर्घटना विमान दुर्घटनाको सयौ दुर्घटना समेत रहेको थियो । विस २०३० देखि २०४२ सम्म नेपाली राष्ट्रिय टोलीका कप्तान रहेका शर्मा २०४३ सालमा नेपालको पहिलो फिफा रेफ्री बनेका थिए ।
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]
January 31, 2025
एजेन्सी – अल नासरले साउदी प्रो लिगमा अल रैदलाई पराजित गरेको छ । किंग अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा बिहीवार नासरले रैदलाई २-१ ले हराएको हो । नासरको जितमा क्रिस्टियानो रोनाल्डो र नवाफ बौउशलले गोल गरे । अल रैदका लागि अमिर सायुदले गोल फर्काए । खेलको ३५औं मिनेटमा रोनाल्डोको गोलबाट अल नासरले अग्रता लियो । खेलको […]