default_image

7 years ago

September 21, 2017

भैसेपाटीलाई अमर सिंह कप फुटबल उपाधि

60 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– भैसेपाटी ट्याक्सी समाजले छैटौैं अमर सिंह कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पार्टेस फुटबल क्लबलाई ३–१ ले हराउँदै भैसेपाटीले उपाधि जितेको हो ।

सोमतिर्थ खेल मैदानमा आज भएको फाइनलमा भैसपाटीलाई जित दिलाउन विशाल राईले २ तथा उत्तम भण्डारीले १ गोल गरे । पार्टेसका लागि एकमात्र गोल सविन केसीले गरे । विजेता टोलीले उपाधि सहित ५० हजार र दास्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गरे ।

पार्टेसका सविन प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी बने । फाइनलको म्यान अफ दी म्याच समेत बनेका भैसेपाटीका विशाल उच्च गोलकर्ता र सोही क्लबका सुवास मगर उत्कृष्ट गोलकिपर घोषित भए ।

कागेश्वरी मनमहरा नगपालिकाका मेयर कृष्णहरी थापालगायतले विजेता,उपविजेता र उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरे । कागेश्वरी मनहरा मुलपानी थापागाँउको अमरसिंह क्लबको आयोजनामा भदौ १७ गते आयोजना भएको नकआउट प्रतियोगितामा राजधानीका ४२ क्लबको सहभागिता थियो ।

January 31, 2025

रियल म्याड्रिड र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको नकआउटमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]

January 31, 2025

लखन कप फुटबल अर्को साता सुरु हुने

सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु  हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा  माघ २२ गते  प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]

January 31, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल नासरले साउदी प्रो लिगमा अल रैदलाई पराजित गरेको छ । किंग अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा बिहीवार नासरले रैदलाई २-१ ले हराएको हो । नासरको जितमा क्रिस्टियानो रोनाल्डो र नवाफ बौउशलले गोल गरे । अल रैदका लागि अमिर सायुदले गोल फर्काए । खेलको ३५औं मिनेटमा रोनाल्डोको गोलबाट अल नासरले अग्रता लियो । खेलको […]

Success

Thank you for your time.