7 years ago
September 21, 2017
जनम बराल
झापा – चर्च ब्वाइज युनाइटेड झापामा बुधबार सुरु भएको टुबोर्ग दुधे गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । घरेलु टोली दुधे युनाइटेडलाई ३–० ले हराउँदै चर्च ब्वाइले अघिल्लो चरणको यात्रा तय गरेको हो ।
चर्च ब्वाइजलाई जित दिलाउन अरुण श्रेष्ठ र भुवन बस्नेतले गोल गरे । अर्को गोल आयोजकका खेलाडीको आत्माघाती रह्यो । म्यान अफ दि म्याच घोषित भएका अरुणले ५ हजार रुपैयाँ प्राप्त गरे । झापाको शिवशताक्षी नगरपालिकाको दुधे क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित विजताले ३ लाख १ हजार र दोस्रो हुने टोलीले उपविजेताले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्रिभुवन आर्मी, एपिएफ क्लबसहित प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा आज रमपम झापा २२ र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]
January 31, 2025
एजेन्सी – अल नासरले साउदी प्रो लिगमा अल रैदलाई पराजित गरेको छ । किंग अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा बिहीवार नासरले रैदलाई २-१ ले हराएको हो । नासरको जितमा क्रिस्टियानो रोनाल्डो र नवाफ बौउशलले गोल गरे । अल रैदका लागि अमिर सायुदले गोल फर्काए । खेलको ३५औं मिनेटमा रोनाल्डोको गोलबाट अल नासरले अग्रता लियो । खेलको […]