8 years ago
September 21, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले ला लिगामा खराब प्रदर्शनलाई निरन्तरता दिँदै घरेलु मैदानमा रियल बेटिससँग १-० को हार बेहोरेको छ । ७३ खेलमा पहिलो पटक गोल गर्नबाट चुकेको म्याड्रिड अंक तालिकामा सातौं स्थानमा झरेको छ ।
रियलकालागि ५ खेलको प्रतिबन्ध पछि फर्केका क्रिस्टियानो रोनाल्डोलेको पुनरागमन सुखद हुन सकेन । रियलका पूर्व गोलकिपर एन्टोनियो एडानले बेटिसको जितमा उत्कृष्ट प्रदर्शन गरे । इस्को , टोनी क्रुस र ग्यारेथ बेललाई गोल गर्नबाट रोक्दै एडानले पूर्व क्लबलाई १७ महिना पछि पहिलो पटक गोलरहित रोक्न बाध्य बनाए ।
खेलको अधिकांश समय रियलको आक्रमणलाई रोकेको बेटिसले इन्जुरी समयको चौथो मिनेटमा काउन्टर एट्याक मार्फत घरेलु टोलीलाई स्तब्ध बनायो । सानाब्रियाले हेड मार्फत गोल गर्दै बेटिसलाई जित दिलाए ।
रियलले पछिल्ला चार मध्ये २ खेलमा जित र २ मा बराबरी गरेको थियो । रियलको ५ खेलमा ८ अंक छ भने बेटिसले ५ खेलमा ३ जित दर्ता गरिसकेको छ ।
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।उनले १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अष्ट्रेलियन प्रशिक्षक […]