8 years ago
September 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारि साफ यू-१८ च्याम्पियनसिपमा साविक विजेता नेपाली टोली पहिलो खेलमा पराजित भएको छ । आयोजक भुटानसँग नेपाल १-० ले पराजित भएको हो । पहिलो खेलमा माल्दिभ्सलाई १-० ले पराजित गरेको भुटानको यो लगातार दोस्रो जित हो ।
नेपालले खेलमा नियन्त्रण गर्दै धेरै जसो समय बलमा पकड जमाएपनि गोल गर्न भने सकेन । भुटानले दोस्रो हाफमा पेनाल्टी मार्फत गोल गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो । असिम भुसालले बक्समा ट्याकल गर्ने क्रममा हातले बल छुन पुगेपछि भुटानले पेनाल्टी पाएको थियो । ओर्ग्येन वाङ्गचुक छिरिङ्गले ८५ औं मिनेटमा पेनाल्टीको सदुपयोग गर्दै गोल गरेका थिए ।
नेपालले शुक्रबार माल्दिभ्सको सामना गर्नेछ भने सोहि दिन भुटानले भारतसँग भिड्ने छ । भारत यसअघि पहिलो खेलमा बंगलादेशसँग ४-३ ले पराजित भएको थियो ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]