8 years ago
September 20, 2017
विविध सुवेदी / दिपेन्द्र पोखरेल
काठमाडौं – एएफसी यू-१६ च्याम्पियनसिप अन्तर्गत छनोट चरणको खेलमा नेपाल इराकसँग १-० ले पराजित भएको छ । खेलमा पूर्ण नियन्त्रण बनाएको इराकले गोलकिपर बिशाल सुनारको गल्तीमा गोल गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।
पहिलो हाफदेखि खेलमा हावी रहेको इराकी टोली खेलको २८ मिनेटमा अग्रता लिनबाट चुकेको थियो । इराकका मोहम्मद रिधा अल्घानमीले ६ यार्ड बक्सबाट गोलकिपर बिशाललाई बिट गरेपनि सन्जिब अर्यालले गोललाइनबाट क्लियर गर्दै खेललाई बराबरीमा राखे ।
गोलकिपर बिशाल सुनारको गल्तीको सदुपयोग गर्दै सलाह घाजी तालिबले इराकलाई ६८ औं मिनेटमा अग्रता दिलाए । इराको मिडफिल्डबाट झरेको बललाई गोलकिपर बिशालले नियन्त्रणमा नलिदा मन्डलाविले चेज गर्दै गरेको प्रहार गोलमा परिणत भयो । तालिब ६२ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
नेपालले ७२ औं मिनेटमा पाएको पहिलो कर्नर मार्फत बराबरी गर्ने मौका सदुपयोग गर्न सकेन । रन्जन पुनले प्रहार गरेको कर्नरमा रन्दिप पौडेलले ६ यार्ड बक्स भित्रबाट पाएको फ्रि हेडर क्रसबार भन्दामाथिबाट बाहिरियो ।
नेपालले अर्को खेलमा शुक्रबार भारतको सामाना गर्नेछ । भारतले पहिलो खेलमा प्यालेस्टाइनलाई ३-० ले हराएको थियो । त्यस्तै इराकले शुक्रबारको पहिलो खेलमा भारतको सामना गर्दै छ ।
नोट: ५:५५ मा सच्याइएको
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।उनले १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अष्ट्रेलियन प्रशिक्षक […]