default_image

8 years ago

September 19, 2017

विजयी सुरुआत नेपालको लक्ष्य, बलियो इराकसँग पहिलो खेल

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू–१६ च्याम्पियनसिप अन्तर्गत समूह ‘डी’ को छनोट खेलहरु राजधानीमा बुधबार सुरु हुँदैछ । हल्चोकस्थित नेपाल एपिएफ क्लबको मैदानमा नेपालले पहिलो खेलमा बलियो प्रतिद्वन्द्वि इराकको सामना गर्दैछ । खेल दिउँसो ३ः३० बजेमा सुरु हुनेछ । त्यसअघि भारत र प्यालेस्टाइनबीचको खेल १२ बजे सुरु हुनेछ ।

Nepal India

साफ यू-१५ च्याम्पियनसिप अन्तर्गत भारतसँगको खेलमा नेपाली खेलाडी । भारत र नेपाल छनोट अन्तर्गत फेरी भिड्ने छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार रोशन रानामगरको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरेको थियो । यस्तै नेपालले दोस्रो खेलमा शुक्रबार साफ यू–१५ च्याम्पियन भारतको तथा समूह चरणको अन्तिम खेलमा प्यालेष्टाइनसँग खेल्नेछ । गत महिनामात्र नेपाल र भारतबीच फाइनलसहित दुई पटक भेट भएको थियो । दुवै खेलमा नेपाल २–१ ले पराजित भएको थियो ।

एसियाका ४५ देशले सहभागिता जनाएको छनोट प्रतियोगिताबाट १६ टोली मलेसियामा हुने एएफसी यू–१६ च्याम्पियनसिपमा पुग्नेछन् । सहभागी टोलीलाई १० समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष टोली स्वतः छनोट हुनेछन् । ६ वटा उत्कृष्ट समूह उपविजेता पनि च्याम्पियनसिपमा पुग्नेछन् ।

नेपाली युवा टोलीका मुख्य प्रशिक्षक सुनिल कुमार श्रेष्ठले तयारी राम्रै रहेकाले पहिलो खेलमा इराकसँग जितको लक्ष्यसहित उत्रने बताएका छन् । ‘साफपछि हामीले एक दिन विश्राम बसेर एएफसी च्याम्पियनसिपको तयारीमा जुट्यौ । खेलाडीहरुले तयारीमा मिहेनत गरेका छन्’ प्रशिक्षक श्रेष्ठले प्रि म्याच कन्फ्रेन्समा भने, ‘इराक बलियो प्रतिद्वन्द्वि हो । पहिलो खेल महत्वपूर्ण हुन्छ । तर हामी इराकविरुद्ध तीन अंकको लागि खेल्नेछौं । यसका लागि खलाडीमा क्षमता छ ।’

प्रशिक्षक श्रेष्ठले इराकसँगै अन्य दुई टोली पनि बलियो रहेकोले प्रतिद्वन्द्वि रहेकाले सबै खेलहरु टफ हुने बताए ।केही खेलाडी घाइते भएका कारण टोलीमा परिवर्तन गरिएको पनि प्रशिक्षक श्रेष्ठले थपे । अगस्टमा साफ यू-१५ को उपविजेता टोलीमा ४ खेलाडी परिवर्तन छन् ।

Nepal

नेपाली टोलीका प्रशिक्षक र कप्तान : तस्विर : एन्फा

सबै टोली उही स्तरका: इराकका प्रशिक्षक हादी

Iraq

इराकका प्रशिक्षक (दाँया) – तस्विर : एन्फा

इराकका प्रशिक्षक अली हादीले यस समूहमा सबै उही स्तरको टिम रहेका कारण सबै खेल निक्कै महत्वपूर्ण रहेको बताए । ‘हामीले प्रतिद्वन्द्विहरुको खेल हेरेका छैनौं । घरेलु टोलीविरुद्धको पहिलो खेल पक्कै गाह्रो हुन्छ ’ प्रशिक्षक हादीले भने, ‘टिमको तयरी राम्रै रहेकाले छनोट चरण पार गर्ने हाम्रो योजना छ ।’

सबै खेल महत्वपूर्ण: भारतीय प्रशिक्षक विभियानो

India

भारतीय प्रशिक्षक र कप्तान । तस्विर : एन्फा

एक महिना अघि नेपालमा आयोजना भएको साफ यू–१५ च्याम्पियनसिपको उपाधि जितेको भारतीय टिमका प्रशिक्षक विभियानो फर्नान्डेजले साफ र एएफसीमा फरक हुने बताए । उनले समूह ‘डी’ मा सबै टोली समान स्तरका रहेकाले सबै खेल निकै महत्वपूर्ण रहेको बताए । ‘हामी साफ यू–१५ को च्याम्पियन हौं । हामीले त्यसपछि कतारमा गएर मैत्रीपूर्ण खेल खेल्यौ । सकरात्मक नतिजा पायौं । तयारी राम्रो छ ’ प्रशिक्षक विभियानोले भने, साफ र एएफसी च्याम्पियनसिपमा फरक छ । पहिलो खेल जहिल्यै पनि कठिन हुने गर्दछ । तर, हामी जित्ने लक्ष्यमा खेल्नेछौं ।’ प्रशिक्षक विभियानोले यो समूहमा इराक बलियो प्रतिद्धन्द्धी रहेको बताए । यस्तै भारतीय टिमका कप्तान विक्रमले तयारी राम्रो रहेकाले यस समूहबाट छनोट हुनेमा आफु आशावादी रहेको बताए ।

 

हामी छनोट हुनेछौं :प्यालेस्टाइनका प्रशिक्षक याहे असी जालायाजा

Palestine

प्यालेस्टाइनला प्रशिक्षक र कप्तान। तस्विर : एन्फा

प्यालेस्टाइनका प्रशिक्षक याहे असी जालायाजाले टिम राम्रो रहेकाले यस समूहबाट प्यालेस्टाइन छनोट भएर अर्को चरण पुग्नेमा आशावादी रहेको बताएका छन् । ‘यू–१६ टोली नयाँ टिम हो । हामीले यस छनोट खेलको लागि करिब तीन महिना अघिबाट नियमित प्रशिक्षण गरेका छौं ’ प्रशिक्षक याहे असी जालायाजाले भने, ‘यो समूहमा इराक बलियो प्रतिद्धन्द्धी हो । तर, हामी अरु टिमलाई पनि सहज लिने छैनौं । सतर्क भएर खेल्नेछौं । छनोट हुने नै हाम्रो लक्ष्य हो ।’

March 21, 2025

जिलेस्पीको गोलमा नेपालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले‌ सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।उनले १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अष्ट्रेलियन प्रशिक्षक […]

March 21, 2025

नेपालले ३६ वर्षपछि सिंगापुरसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। नेपाल र सिंगापुरबीचको खेल सिंगापुर नेसनल स्टेडियममा नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ। अष्ट्रेलियन प्रशिक्षक म्याट रोसकोलागि यो पहिलो खेल हुनेछ। यसअर्थ उनको लागि आजको खेल विशेष रहनेछ। आफ्नो पहिलो खेलमा सकारात्मक नतिजा निकाल्ने […]

March 21, 2025

साम्बा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार-२०८१ बाट पुरस्कृत भएकी छिन् । सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली नागरिकलाई प्रदान गर्ने पुरस्कार अन्तर्गत विभिन्न विधाका १० जना पुरस्कृत गर्दा खेलकुदबाट साम्बा पुरस्कृत भएकी हुन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित […]

Success

Thank you for your time.