7 years ago
September 18, 2017
काठमाडौं (हाम्रो खेलकुद)– भुटानमा आज सुरु भएको साफ यू–१८ च्याम्पियसिपमा साविक उपविजेता भारत पराजित भएको छ । बंगलादेशविरुद्ध पहिलो हाफमा बनाएको ३–० को अग्रता जोगाउन नसकेको भारत अन्ततः ४–३ ले पराजित भएको थियो ।
लालामपुइयाको गोलबाट भारतले १८ औं खेलमा अग्रता बनाएको थियो । लालरिन्डिका एडमन्डले ३७ औं मिनेटमा गोल गर्दै भारतको अग्रता दोब्बर गरे । पहिलो हाफको इन्जुरी समयमा प्रिन्सटन गोल थपेपछि भारतको सहज जित अनुमान गरिएको थियो । तर, जफर इकबालले ५५ औं मिनेटमा खाता खोले भने रहमत मियाले ६० औं मिनेटमा गोल गरे ।
७७ औं मिनेटमा भारतीय खेलाडीले आत्मघाती गोल गरेपछि खेलमा ३–३ बराबरी भएको थियो । इकबालले इन्जुरी समयमा गोल गर्दै बंगलादेशलाई अविस्मरणीय जित दिलाए । आजै भएको अर्को खेलमा भुटानले माल्दिभ्सलाई १–० ले हराएको थियो । घरेलु टोली भुटानसँग खेल्दै नेपालले प्रतियोगिताको यात्रा सुरु गर्नेछ । प्रतियोगितामा ५ राष्ट्रको सहभागिता रहेको छ । सहभागी सबै टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।
March 2, 2025
एजेन्सी – म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा पुगेको छ । प्लेमाउथलाई शनिवार ३-१ ले हराउँदै सिटी अन्तिम आठमा पुगेको हो। खेलमा प्लेमाउथले अग्रता लिएको थियो। खेलको ३८औँ मिनेटमा मकसेम टालोभेरेभले गोल गर्दै प्लेमाउथलाई अग्रता दिलाए। तर, पहिलो हाफको इन्ज्युरी समयमा निको ओरेलीले सिटीका लागि बराबरी गोल फर्काए । ७६औँ मिनेटमा ओरेलीले अर्को गोल गर्दै सिटीलाई […]
March 2, 2025
एजेन्सी – जुलियन अल्भारेजले ला लिगामा आफ्नो १०औं गोल गर्दै एट्लेटिको मड्रिडलाई शनिवार जित दिलाएका छन्। एथ्लेटिक क्लबलाई १-० ले हराएपछि एट्लेटिको अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । म्यानचेस्टर सिटीका पूर्व फरवार्डले अल्भारेजले मार्कोस लोरेन्टेले दिएको उत्कृष्ट पासमा ६६औं मिनेटमा गोल गरे। एथ्लेटिक क्लबले बराबरी गोलको मौका सृजना गरेपनि सफल भएन । बेनाट प्राडोसको […]
March 2, 2025
एजेन्सी – रियल म्याड्रिड लस लिगामा शनिवार स्तब्ध भएको छ। रियल बेटिसले रियललाई २-१ ले हराएको छ । इस्कोले आफ्नो पूर्व क्लबविरुद्ध विजयी गोल गरे। खेलको १० औं रियलले अग्रता लियो । किलियन एम्बाप्पेले फर्लान्ड मेंडीलाई पास दिए र उनले ब्राहिम डियाजलाई खाली पोस्टमा सजिलै गोल गर्न अवसर मिलाइदिए। रियलले अग्रता दोब्बर गर्ने केही अवसर […]