default_image

8 years ago

September 18, 2017

काभानी र नेयमारलाई आपसी सहमती गर्न प्रशिक्षकको सुझाव

134 views

0 Bookmark

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक उनाई इर्मीले इडिन्सन काभानी र नेयमारले पेनाल्टी र फ्रिकिकका विषयमा हुने समस्या आपसी सहमतिमा टुंगाउन सुझाएका छन् ।

लियोनलाई आइतबार २–० ले हराएको खेलमा नेयमार र काभानीबीच विवाद भएको थियो । पेनाल्टी बक्स बाहिर पिएसजीले पाएको फ्रि किक ड्यानी एल्भेसले नेयमारलाई हान्न लगाएपछि काभानी आक्रोषित भएका थिए । त्यस्तै केलियन बाप्पेलाई लियोनका रक्षकले लडाउँदा पिएसजीले दोस्रो हाफमा पेनाल्टी समेत पाएको थियो । नेयमारले सो पेनाल्टी लिन खोजे पनि काभानी मानेका थिएनन् । काभानीको प्रहार गरेको पेनाल्टी गोलकिपरले बचाएका थिए ।

प्रशिक्षक इर्मीले उनीबीचको असमझादरी हटाउनु पर्नेमा जोड दिएका छन् । यदि त्यस्तो हुन नसक्दा आफुले हस्तक्षेप गर्नुपर्ने उनले बताएका छन् । ‘ मैले उनीहरुलाई आपसी असमझारी हटाउन भनेको छु । पेनाल्टी हाम्रोमा थोरै खेलाडीले मात्र हान्छन् । त्यसमा काभानी एक हुन् हो भने अर्को नेयमार’ उनले भने, ‘कसले पेनाल्टी हान्ने भन्नेमा भलाद्मी सहमति गर्दा हुन्छ । यो नितान्त आन्तरिक विषय हो । किनकी दुवै पेनाल्टी हान्न सक्षम छन् । त्यसका लागि मैले उनीहरुलाई सहमति गर्न भनेको छु ।’

सहमती हुन नसक्दा भने आफुले हस्तक्षेप गर्नुपर्ने प्रशिक्षक इर्मीले प्रष्ट पारेका छन् । उनले भने, ‘यदि त्यहा सहमति भएन भने म निर्णय लिनेछु । यो समस्याका रुपमा रहोस् भन्ने हामी चाहदैनौं ।’ पिएसजीले यो सिजनमा दमदार सुरुआत गरेको छ । टोली सिजनका सबै ६ खेल जित्दै १८ अंकका साथ शीर्षस्थानमा रहेको छ ।

 

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

March 21, 2025

जिलेस्पीको गोलमा नेपालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले‌ सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।उनले १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अष्ट्रेलियन प्रशिक्षक […]

Success

Thank you for your time.