default_image

7 years ago

September 16, 2017

म्यानचेस्टर सिटीको जितमा अगुइरोको ह्याट्रिक

38 views

0 Bookmark

वाटफर्ड (एजेन्सी) – प्रिमियर लिगमा फरवार्ड सर्जियो अगुइरोको ह्याट्रिकको मद्दतले म्यानचेस्टर सिटीले वाटफर्डलाई ६-० को फराकिलो गोल अन्तरले हराएको छ । यस जितसँगै म्यानचेस्टर सिटी अंकतालिकाको अग्रस्थानमा उक्लेको छ ।

Sergio Aguero

खेलको २७ औँ मिनेटमा पहिलो गोल गर्दै अगुइरोले सिटीको गोलको खाता खोलेका थिए । त्यसको ४ मिनेटपछि नै उनले डेभिड सिल्भाको पासमार्फत सिटीको अग्रता दोब्बर बनाएका थिए । सिटीका अर्का फरवार्ड गाब्रियल जेससले ३७ औँ मिनेटमा अगुएरोकै पास सदुपयोग गर्दै स्कोर ३-० बनाएका थिए ।

दोस्रो हाफमा पनि सिटी थप तीन गोल थप्न सफल भएको थियो । डिफेन्डर निकोलस ओटामेन्डिले हेडरमार्फत चौथो गोल गरे भने खेलको ८१ औँ मिनेटमा सिटीको पांचौँ गोल गर्दै अगुइरोले आफ्नो ह्याट्रिक पनि पूरा गरेका थिए । खेलको अन्तिम समयतिर रहिम स्टेर्लिङ स्वयमले जितेका पेनाल्टीलाई गोलमा परिणत गर्दै सिटीको खेलको छैठौँ गोल गर्न सफल भए ।

त्यस्तै लिभरपुल भने आफ्नो घरेलु मैदानमा बर्नलीसँग १-१ को बराबरीमा रोकिन पुग्यो । स्कट आर्फिल्डले बर्नलीलाई खेलको २७ औँ मिनेटमा अग्रता दिलाए पनि मोहम्मद सालाले त्यसको तीन मिनेटमै गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए । त्यस पछि लिभरपुलले खेल आफ्नो पक्षमा पार्ने कैंयौँ प्रयास गरे पनि सो प्रयास विफल भएको थियो ।

अन्य खेलमा स्टेभेन डेभिसको गोलको मद्दतले साउथह्याम्पटन क्रिस्टल प्यालेसलाई १-० ले हराउन सफल रह्यो । यो हारसँगै प्यालेस सिजनका पाँच खेलमा अंकविहीन र गोलविहीन रहेको छ । वेस्ट ब्रोमले वेस्ट ह्यामसँग गोलरहित बराबरी खेल्यो भने हडर्सफिल्ड र लेस्टरको खेल पनि १-१ मा टुङ्गियो । न्युकासलले आफ्नो जितको यात्रालाई निरन्तरता दिँदै स्टोक सिटीलाई २-१ ले हराउन सफल भयो । हिजो रातिको प्रिमियर लिग खेलमा भने सिजनको पहिलो जित दर्ता गर्दै बर्नमाउथले ब्राइटनलाई २-१ ले हराएको थियो ।

September 29, 2024

कर्णालीबाट खेलेर राष्ट्रिय टोलीको यात्रा बुन्दै सूदुरका चेली

सुबास हुमागाईं, काठमाडौं साफ महिला च्याम्पियनसिप २०२४ का लागि एन्फाले गत साता ४० सदस्यीय नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक छनोट घोषणा गर्यो । टोलीमा विभागीय खेलाडीको दबदबा रहेपनि कर्णाली प्रदेशबाट ३ खेलाडीले स्थान बनाए । कर्णाली प्रदेशले एन्फा महिला लिगमा सन्तोषजनक प्रदर्शन गर्दा टोलीमा महत्त्वपूर्ण प्रदर्शन गरेका कप्तान तथा गोलरक्षक लिला जोशी, डिफेन्डर तुलसा […]

September 29, 2024

बायर्न र लेभरकुसनले बराबरी खेले

एजेन्सी – जर्मन बुन्डेसलिगामा बायर्न म्युनिख र साविक विजेता बायर लेभरकुसनले बराबरी खेलेका छन् । दुई टोलीबीचको खेल १-१ को बराबरीमा टुंगिएको हो। घरेलु मैदान एलियान्ज एरिनामा बायर्नका लागि एलेक्सजेन्डर पाव्लोभिच र लेभरकुसनका लागि रोबर्ट एन्ड्रिचले गोल गरे । खेलमा अग्रता भने पाहुना टोलीले लिएको थियो । खेलको ३१औं मिनेटमा एन्ड्रिचको गोलमार्फत लेभरकुसनले अग्रता लिएको […]

September 29, 2024

लिभरपुलको पाँचौं जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा वल्भ्सलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । छैटौ खेलमा पाँचौ जित हात पार्ने क्रममा लिभरपुलले शनिवार वल्भ्सलाई पराजित गरेको हो । वल्भ्सको घरेलु मैदानमा भएको खेलमा लिभरपुल २-१ ले विजयी भयो । लिभरपुलको जितमा इब्राहिम कोनट र मोहम्मद सलाहले गोल गरेका थिए। घवल्भ्सका लागि भने रायन एन्ट नुरीले […]

Success

Thank you for your time.