default_image

8 years ago

September 16, 2017

मेस्सी फिफामा सबैभन्दा धेरै ड्रीब्लिंग क्षमता भएका खेलाडी

189 views

0 Bookmark

फ्लोरिडा (एजेन्सी)- विश्वप्रसिद्ध गेमिंग कम्पनी इलेक्ट्रोनिक आर्टस (इए) स्पोट्र्सले यस बर्षको फिफा २०१८ भिडियो गेम यहि सेप्टेम्बर २९ मा रिलिज गर्दैछ । हरेक वर्ष इएले यस गेमको नयाँ संस्करण सार्वजनिक गर्ने गरेको छ । वास्तविक खेल जस्तै भिडियो गेममा पनि फुटबल त्यतिनै लोकप्रिय रहेको छ । अघिल्लो वर्ष सर्वाधिक बिक्रि हुने इलेक्ट्रोनिक्स गेमको सूचीमा फिफा १७, ९औं स्थानमा रहेको थियो।

फिफामा खेलाडीहरुको रेटिंग गति, सुटिंग क्षमता, पास, ड्रीब्लिंग, डिफेन्स र शाररिक क्षमताका आधारमा तय गरिन्छ। फिफाले ड्रीब्लिंग क्षमतामा सबैभन्दा बढी रेटिंग बार्सिलोना र अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीलाई दिएको छ। उनको ड्रीब्लिंग क्षमता ९५ रहेको छ। ड्रीब्लिंग क्षमताका आधारमा रोनाल्डो पाँचौ स्थानमा छन् भने  विश्वका सबैभन्दा महँगो खेलाडी नेयमार दोस्रो स्थानमा छन्।

उत्कृष्ट ड्रीब्लिंग क्षमता भएका दश खेलाडीहरु यस प्रकार छन्:

लियोनल मेस्सी (बार्सिलोना ) – ९५

नेयमार (पिएसजी ) – ९४

इडेन हाजार्ड (चेल्सी ) – ९२

पाउलो डीबाला (युभेन्टस ) – ९१

क्रिस्टियानो रोनाल्डो (रियल मड्रीड ) – ९०

थियागो अल्कनटरा (बार्यन म्युनिख ) – ९०

आन्द्रेस इनिएस्टा (बार्सिलोना ) – ९०

आर्यन रोबिन (बायर्न म्युनिख ) – ९०

फ्रान्क रिबेरी (बायर्न म्युनिख ) – ८९

बरनार्दो सिल्भा ( म्यानचेस्टर सिटी )- ८९

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.