8 years ago
September 15, 2017
काठमाडौँ (हाम्रोखेलकुद)- नेपाली यू–१८ टिमका कप्तान अर्पण कार्कीले भुटानमा हुने साफ च्याम्पियनसिपको लागि टिम तयार रहेको बताएका छन् ।
‘हाम्रो मुख्य लक्ष्य भनेको उपाधि रक्षा गर्ने हो । त्यसका लागि हामी तयार छौं ।’ कप्तान कार्कीले भने, ‘टिममा प्रतिभाशाली खेलाडीहरु रहेका छन् । यसअघि यू–१६ सँगै खेलेका खेलाडी पनि रहेका छन् । त्यसैले हामी उपाधि रक्षा गर्न सक्षम छौं ।’ टिमको तयारीको विषयमा कप्तान बरालले फिटनेसमा बढी र त्यसपछि टेक्निकलाई जोड दिइएको बताउदै च्याम्पियनसिपमा सक्दो राम्रो खेल्ने प्रयास गर्ने बताए ।
प्रतियोगितामा बलियो भारत नै रहेको बताउदै कप्तान कार्कीले यो च्याम्पियनसिपलाई एएफसी यू–१९ च्याम्पियनसिपको लागि अुनभव बटुल्ने खेलको रुपमा लिने पनि बताए ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]