default_image

8 years ago

September 15, 2017

तयारी सन्तोषजनक छैनः प्रशिक्षक लोप्साङ

72 views

0 Bookmark

काठमाडौँ (हाम्रोखेलकुद)- युथ टिमको पहिलोपटक जिम्वेवारी सम्हालेका लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लबमा पूर्व प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले टिमको तयारी सन्तोषजनक नरहेको बताएका छन् ।

युवा टोलीको शुक्रबार बिदाईं पछि प्रशिक्षक लोप्साङले टिमको तयारीप्रति यस्तो प्रतिक्रिया दिएका हुन् । ‘युथ टिमको जिम्मेवारी मेरो लागि अवसर र चुनौती दुवै हो । तर, टिमको तयारी सोचेअनुरुपको छैन ।’ प्रशिक्षक लोप्साङले भने, ‘हामी डिफेन्डिङ च्याम्पियन हौं । हामीसँग विगतमा जस्तै यसपटक एन्फा एकेडेमीमा खेलाडीको अभाव देखियो । खुल्ला र ललित स्मृति फुटबलबाट केही खेलाडी छान्यौ । तर, यो डेढ महिनाको समय खेलाडीको छनोट प्रक्रिया र फिजिकल फिटनेसमै बित्यो । यसमा नै समय खेर गयो ।’

टिमको तयारी सन्तोषजनक नभएपनि प्रशिक्षक लोप्साङले डिफेन्डिङ च्याम्पियनको उपाधि रक्षा गर्ने बताएका छन् । ‘हाम्रो मुख्य प्रतिद्धन्द्धी भनेको भारत नै हो । भारत कस्तो होला भन्ने मात्रै हो ।’ प्रशिक्षक लोप्साङले भने, ‘अन्य देशहरु हाम्रै स्तरको हो । सन्तोषजनक तयारी नभएपनि टिम स्पिरिट राम्रो छ । अन्य देशलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यमा हुनेछौं ।’ प्रशिक्षक लोप्साङले प्रतियोगिताको परिवर्तन भएको फरम्याटले खेलाडीहरुलाई एक्सपोज हुने बताए ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.