8 years ago
September 15, 2017
फ्लोरिडा (एजेन्सी)- विश्वप्रसिद्ध गेमिंग कम्पनी इलेक्ट्रोनिक आर्टस (इए) स्पोट्र्सले यस बर्षको फिफा २०१८ भिडियो गेम यहि सेप्टेम्बर २९ मा रिलिज गर्दैछ । हरेक वर्ष इएले यस गेमको नयाँ संस्करण सार्वजनिक गर्ने गरेको छ । वास्तविक खेल जस्तै भिडियो गेममा पनि फुटबल त्यतिनै लोकप्रिय रहेको छ । अघिल्लो वर्ष सर्वाधिक बिक्रि हुने इलेक्ट्रोनिक्स गेमको सूचीमा फिफा १७, ९औं स्थानमा रहेको थियो।
इएले यो वर्षको फिफामा सम्मिलित उत्कृष्ट १ सय खेलाडीको सुची पनि सार्वजनिक गरिसकेको छ । इएले यो बर्ष पनि ९४ रेटिङ सहित क्रिस्टियानो रोनाल्ड़ो नै पहिलो स्थानमा राखेको छ । लियोनल मेस्सी ९३ रेटिङ सहित दोस्रो स्थानमा छन् । नेयमार, नोयर र लुइस स्वारेज ९२ रेटिङ सहित संयुक्त रुपमा तेस्रो स्थानमा छन् ।
फिफामा खेलाडीहरुको रेटिंग गति, सुटिंग क्षमता, पास, ड्रीब्लिंग, डिफेन्स र शाररिक क्षमताका आधारमा तय गरिन्छ। फिफाले सबै भन्दा उच्च गतिमा सबै भन्दा बढी रेटिंग डर्टमुण्डका फरवार्ड पिएरे एमेरिक अउबामियाँङ र स्पार्टा प्रागका जोनाथान बियाबियानीलाई दिएको छ। उनिहरुको गति ९६ रहेको छ। विश्वका दुई उत्कृष्ट खेलाडीहरु रोनाल्डो र मेस्सी तीब्र गति भएका खेलाडीहरुको सूचीमा उत्कृष्ट २०मा पर्न असफल भएका छन्।
उत्कृष्ट गति भएका खेलाडीहरु यस प्रकार छन्:
पिएरे एमेरिक अउबामियाँङ (डर्टमुण्ड)- ९६
जोनाथान बियाबियानी (स्पार्टा प्राग)- ९६
हेक्टर बेलारिन (आर्सनल)- ९५
माथिस बोली (ग्रयूथेर फुर्थ)- ९५
एरनेस्ट असान्ते (नर्दजेल्याण्ड)- ९५
योर्गेन ड्याम (टिग्रेस)- ९५
गारेथ बेल (रियल मड्रीड)- ९४
लेरोय साने (म्यानचेस्टर सिटी)- ९४
डेभिड अकाम (सिकागो फायर)- ९४
केकुटा माने (कोलम्बस क्रु)- ९४
जोनास अगुइर्रे (प्युब्ला)- ९४
गेल्सन मार्टिन्स (स्पोर्टिंग सिपी)- ९४
सादियो माने (लिभरपूल)- ९३
जोर्डी अल्बा (बार्सिलोना)- ९३
लुकास (पिएसजी)- ९३
मोहम्मद सलाह (लिभरपूल)- ९३
रहिम स्टरलिंग (म्यानचेस्टर सिटी)- ९३
गेरार्ड डेउलोफेउ (बार्सिलोना)- ९३
ब्रुमा (लेपजिग)- ९३
इनाकी विलियम्स (एथलेटिक बिल्बाओ)- ९३
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]