8 years ago
September 14, 2017
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू १५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले नगद पुरस्कार दिने भएको छ । एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा आज बसेको केन्द्रिय समिति बैठकले युवा टोलीका खेलाडी, प्रशिक्षक, व्यवस्थापक, फिजियोलाई जनही २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फमा भदौं ११ गते भएको च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग २–१ ले पराजित भएको थियो । दुई बर्षअघि भारतलाई नै हराएर पहिलो साफ यू १९ च्याम्पियनसिपको उपाधि जितेको नेपालले यू १५ र यू १६ मा भने हराउन सकेको छैन । अहिले सम्म पाँच पटकको भेटमा नेपाल सबैमा पराजित भएको छ । यसपटक समूह चरणमा पनि नेपाल भारतसँग २–१ ले नै पराजित भएको थियो ।
नेपाली यू १५ टोली
खेलाडी – रोशन रानामगर (कप्तान), रोहित कार्की, रोशन दोङ, दिपक भण्डारी, सन्जिव अर्याल, निरज चौधरी, रन्दिप पौडेल, विपिन थापामगर, अभिषेक श्रेष्ठ, विर्जेश चौधरी, रन्जन पुन,अन्जल महर्जन, अहसिम गुरुङ, दर्शन गुरुङ, कार्लोश बखारियाम्फ, विशाल सुनार, सौगात खवास, आकाश बुढामगर, शिशिर लेखी, रोशन थापा, सुबास कार्की, निशान रावल र अशोक किङरिङ ।
प्रशिक्षक – सुनिल श्रेष्ठ (मुख्य), विकास मल्ल (गोलकिपिङ)
व्यवस्थापक – रविन्द्र जोशी
अफिसियल – अच्युतराज घिमिरे
फिजियो – राजु दाहाल
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]