9 years ago
December 7, 2015
विश्व फुटबल जगतमा अन्तरष्ट्रिय गोल गर्ने सबैभन्दा युवा खेलाडी म्यान्मारका छन्, तर टप ३०मा नेपालका तिन खेलाडी पर्न सफल रहेका छन्|
सन् २०००मा म्यानमारका लागि थाईल्याण्ड विरुद्ध चौध वर्ष ९३ दिनको उमेरमा गोल गर्दै ‘अङ् क्या टुन्’ले सबैभन्दा युवा गोलकर्ताको नाम आफ्नो बनाएका थिए| युवा गोलकर्ताको सुचि हेर्दै जाने हो भने नेपालका विमल घर्ति मगरको नाम छैटौं स्थानमा रहेको छ| २०१३को साफमा पाकिस्तान विरुद्द गोल गर्दा विमलको उमेर १५ वर्ष २२० दिन मात्र थियो|
यसबाहेक, हाल नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक रहेका हरि खड्काको नाम २७औं नम्बरमा पाउन सकिन्छ| १९९५मा पाकिस्तान विरुद्ध हरिले गोल हान्दा उनको उमेर मात्र १६ वर्ष २१७ दिन थियो| उनीसंगै भरत खवासपनि पाकिस्तान विरुद्ध गरेको गोलले ३०औँ स्थानमा रहन सफल भएका छन्| १६ वर्ष २४७दिनको उमेरमा उनले पाकिस्तान विरुद्ध २००८मा गोल गरेका थिए| हरि खड्का र निराजन रायमाझी अझै प्पानी १३ गोलका साथ नेपालका उच्च गोलकर्ता रहेका छन्| सानो उमेरमै आफ्नो कौशल देखाएका भरत खवास र विमल घर्ति मगरनपाली फुटबल समर्थकका आशाका केन्द्रविन्दु बनेका छन्|
May 1, 2025
एजेन्सी – अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी क्लब इन्टर मायमी कन्काकाफ इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत सेमिफाइनलमा भान्कुभर ह्वाइटक्याप्ससँग पराजित भएको छ । सेमिफाइनलको दोस्रो लेगमा बुधबार राती मायमीले ३-१ को हार बेहोरेको हो । त्यसअघि पहिलो लेगमा २-० ले पराजित मायमी समग्रमा ५-१ को हारसँगै च्याम्पियन्स कपबाट बाहिरिन पुगेको हो । बुधबारको खेलमा […]
May 1, 2025
एजेन्सी – बार्सिलोना र इन्टरले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन्। एस्टादी ओलिम्पिक लुइस कम्पनीस बुधवार भएको रोमान्चक खेल ३-३ को बराबरी सकिएको थियो।मंगलवार पहिलो सेमिफाइनलमा पेरिस सेन्ट-जर्मेनले आर्सनललाई १-० ले हराएको थियो। तर बार्सिलोना र इन्टरबीचको पहिलो लेग रोचक र प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफमा ४ हुँदा बराबरीमा खेल टुंगियो । बार्सिलोनाले […]
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिग एलिटको सेमिफाइनलमा जापानी क्लब कावासाकी फ्रन्टेलसँग पराजित भएको छ । जेद्दाहमा बुधबार भएको सेमिफाइनलमा कावासाकीले अल नासरलाई ३-२ ले पराजित गर्यो । नासरले खेलको अन्त्यतिर लगातार अवसर सिर्जना गरेपनि खेलमा बराबरी गर्न नसक्दा फाइनल पुग्ने अवसर गुमायो । […]