default_image

8 years ago

September 14, 2017

रुस्लान थ्री स्टारलाई क्षतिपूर्ति दिने एन्फाको औपचारिक निर्णय

84 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले झन्डै १० महिना पछि रुस्लान थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा औपचारिक निर्णय गरेको छ । गत वर्ष एन्फाको गल्तिका कारण पहिलो चरण पार गरेर पनि थ्री स्टारले एएफसी कप खेल्न नपाएपछि क्लबले ६ करोड क्षेतिपूर्ति, दोषीमाथि कारवाहीको माग गरेको थियो ।

क्षतिपूर्ति दिने विषयमा एन्फा भित्र नै विवाद थियो । जसले पटक पटकको छलफल निर्णयमा पुग्न सकेको छैन । एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा आज बसेको केन्द्रिय समितिको बैठकले थ्री स्टारलाई क्षतिपूर्ति वापत १ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । तर, त्यो निर्णय असोज २३ गते हुने एन्फाको विशेष साधारण सभाबाट अनुमोदनका लागि प्रस्तुत गरेपछि मात्र कार्यान्वयन प्रक्रिया अघि बढ्ने बताइएको छ ।

‘हामीले पहिलो पटक क्षतिपूर्ति दिने विषयमा औपचारिक निर्णय गरेका छौं,’ एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने,‘ तर, त्यो विषय विशेष साधारण सभामा पेश गरिनेछ । त्यसले गर्ने निर्णयपछि कार्यान्वयनमा जानेछ ।’

क्षेतिपूर्ति नपाउँदा सम्म एन्फाले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा भाग नलिने थ्री स्टारले निर्णय गरेको थियो । जेठमा आफ्ना अध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा आयोजित यू १८ फुटबल प्रतियोगितासहित थ्री स्टारले कुनै पनि प्रतियोगितामा भाग लिएन ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.