8 years ago
September 14, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नौं दिन अघि घरेलु मैदानमा ताजकिस्तानसँग पराजित नेपाल फिफा वरियतामा ६ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सेप्टेम्बरका लागि जारी गरेको वरियतामा ६ स्थान खस्कदै नेपाल १ सय ७५ औं स्थानमा पुगेको हो ।
एएफसी एसियन कप छनोटअन्तर्गत सेप्टेम्बर ५ मा नेपाल ताजिकस्तानसँग २–१ ले पराजित भएको थियो । यसैबीच दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत १० स्थान तल झर्दै १ सय ७ औं पुगेको छ । यसैगरी माल्दिभ्स १२ स्थान ओरालो लाग्दै १ सय ५४ औं स्थानमा छ ।
वरियतामा दक्षिण एसियाकै भुटान ९ स्थान खस्कदै १ सय ७४ औं पुगेको छ । नेपालभन्दा पछि रहेको बंगलादेश ७ स्थान तल झर्दै १ सय ९६ औं स्थानमा, १ स्थान तल झरेका श्रीलंका १ सय ९८ औं र पाकिस्तान २ सयौं स्थानमा यथावत रहेको छ ।
फिफाले जारी गरेको वरियतामा दक्षिण एसियाको पाकिस्तान बाहेक सबै देशहरु वरियताका क्रममा ओरालो लागेका छन् । फिफा वरियतामा जर्मनी शिर्ष स्थानमा रहदा ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो, अर्जेन्टिना चौथो स्थानमा रहेका छन् ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]