default_image

8 years ago

September 14, 2017

रियलको जितमा रोनाल्डोको २ गोल

57 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोले  १२ औं मिनेटमा नै गोल गरेको खेलमा साविक विजेता रियल म्याड्रिडले च्याम्पियन्स लिगमा सहज विजयी सुरुआत गरेको छ । रोनाल्डोले २ गोल गरेको खेलमा रियलले एपोएललाई ३–० ले हराएको छ ।

रोलान्डोमाथि स्पेनिस लिगमा अझै प्रतिबन्ध बाकी छ । सुपर कपको पहिलो लेगमा रेफ्रीलाई धक्का दिएपछि उनीमाथि पाँच खेलको प्रतिबन्ध लागेको छ । तर, जति बेला उनी खेलमा फर्कन्छन्, हरेक खेलमा उनको प्रभाव रहने गर्दछ ।

जिनेदिन जिदानको टोलीमा तिघ्राको चोटका कारण करिम बेन्जिमा समावेश थिएनन् । रियलले ला लिगमा पछिल्लो दुई खेलमा बराबरी खेलेको थियो । रोनाल्डोको पहिलो गोलका लागि गेराथ बेलको भूमिका रह्यो ।

१२ औं मिनेटमा काउन्टर एट्याकमा इस्कोले अघि बढाएको बललाई बेलले क्रस दिएपछि रोनाल्डाले घरेलु मैदानमा गोल गरेका थिए । लगत्तै बेलले अर्को पास दिएका थिए तर त्यसमा रोनाल्डोले हेड गरेको बल पोस्ट नजिकबाट बाहिरिएको थियो । दोस्रो हाफको सुरुआतमै रियलले गोलअन्तर दोब्बर पार्यो ।

रक्षक रोबेर्टो लागोको ह्यान्डपछि रियलले पेनाल्टी पायो र त्यसलाई रोनाल्डोले गोलमा परिणत गरे । च्याम्पियन्स लिगमा रोनाल्डोको त्यो १ सय सातौं गोल हो । ६१ औं मिनेटमा सर्जियो रामोसले बाइसाइकल किकमार्फत गोल गर्दै रियलको जित सहज बनाए । समूह एचको अर्को खेलमा टोटेनह्यामले बारुसिया डर्टमन्डलाई ३–१ ले हरायो ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.